सि.टा. समाचारदाता
सिमकोट। नाम्खा गाउँपालिका– ५ को नारा लेकमा जमेको हिउ जेसिवीबाट पन्छाउन सुरु गरिएको भएपनि अझै सम्पन्न गर्न सकिएको छ्रन् ।
कर्णाली करिडोरको सिमकोट हिल्सा सडकको यारी नारा लेक हुँदै हिल्सा सडक सुचारु गर्न सडकमा जमेको हिउ पन्छाउने कार्य सुरु गरिएको नौ दिन भएपछि अझै सकिएको छैन् ।
सिमकोट हिल्सा सडक खण्डको नारा लेक क्षेत्रको ठाडो ढुङ्गाबाट सडकमा जमेको हिउ जेसिवीद्धारा पन्छाउने कार्य सुरु भएको नौ दिन भएपछि काम सम्पन्न हुन नसकेको प्रमुख जिलला अधिकारी भोलानाथ गुरगाईले बताए ।
सुरुवात यारी क्षेत्रबाट नारा लेकमा जमेको हिउ पन्छाउने कार्य सुरु भएको र त्यस भन्दा अगाडी हिल्सासम्मको सडकमा जमेको हिउ फाल्ने कार्यलाई तिब्रता दिईएको छ ।
हाल हिउ पन्छाउन सुरु गरिएको नारा लेक क्षेत्रको सडकमा तीन फिट हिउ जमेको र त्यसलाई अगाडी चार मिटरसम्म हिउ सडकमा जमेको छ । नारा लेकको हिल्सातर्फको क्षेत्रको ओरालो खाल्डोमा चार मिटर हिउ जमेको कारण त्यो पन्छाउन केही लाग्ने छ । जेसिवीले बिहानैबाट बेलुका साँढे पाँच वजेसम्म हिउ पन्छाउने कार्य हुनेछ ।
हिउ बढी नै जमेको कारण दुईदेखि तीन दिन सडकको हिउ पन्छाउन समय अझै लाग्ने छ । सडकमा हिउ बाक्लो जमेको तर मेशिन एउटा मात्र भएको कारण पनि समय लागेको हो ।
करिब दश किलो मिटर सडकमा हिउ जमेको छ । चार हजार ६७० मिटर उचाईको नारा लेकमा साँढे तीन फिटसम्म सडकमा हिउ जमेको कारण असोज १० गतेबाट यातायात सेवा अवरुद्ध हुँदै आएको छ ।
हाल हिल्सामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यारी नाका भन्सार कार्यालय, अध्यागम कार्यालय, होटेल ब्यवसायी र केही स्थानीय ब्यापारीहरु बस्दै आएका छन् । यो वर्ष बिगत पन्द्र वर्ष यता कै हिल्सा पहिलो पटक असोज १० गतेबाट भारी हिमपात भएको हो ।
यसअघि कातिक महिना पछि हिल्सामा यति धेरै हिउ पर्ने गरेको र मौसम परिवर्तनको कारण यति चाँडो हिमपात भएको स्थानीयको भनाई छ । हिउ फाल्ने कार्य सुरु भएपछि दशै तिहार नजिक आएको कारण हाल ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई पनि घर फिर्ता हुन पाउनेछन् । यता न्यालु लेकमा जमेको हिउ पन्छाउने कार्य भने सुरु भएको छैन ।








