हुम्लामा प्रहरी दिवस मनाईयो

फोटो क्याप्सन : प्रहरी दिवसमा सहभागीहरु । तस्बिर : सि.टा. हुम्ला

सि.टा.समाचारदाता
सिमकोट ।   हुम्लामा नेपाल प्रहरीको ७१ औँ प्रहरी दिवस मनाइृएको छ । जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रहरी कर्मचारीलाई पुरस्कृत गरेर मनाईएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले प्रहरीले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने, नागरिकलाई मुस्कानसहित सेवा प्रदान गर्नुपर्ने र कुनै पनि राजनीतिक प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । प्रहरी सङ्गठन नागरिकको सुरक्षा र कानुन कार्यान्वयनसँग प्रत्यक्ष जोडिएकाले आफ्नो जिम्मेवारी निर्वाह गर्दा व्यावसायिकता, इमानदारी र निष्पक्षतालाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

प्रहरीले नागरिकसँग गर्ने व्यवहार र प्रदान गर्ने सेवाले सङ्गठनप्रतिको जनविश्वास बढ्ने भएकाले सेवाग्राहीमैत्री व्यवहार अपनाउन समेत उनको भनाई थियो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक खड्काले कानुनभन्दा माथि कोही पनि नरहेको बताए । कानुनको पालना र कार्यान्वयनमा सबै समान हुने उल्लेख गर्दै उनले प्रहरीले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जिम्मेवारीबाट पछि नहटी शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।

प्रहरी कर्मचारीले कठिन परिस्थितिमा समेत समस्या नदेखाई नागरिकको जीउधनको सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान र शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा अतुलनीय योगदान दिँदै आएको भनाई राखे ।पुरस्कृत प्रहरी कर्मचारीलाई प्रजिअ गुरागाईले पुरस्कार प्रदान गरेका थिए ।

अवसरमा प्रहरी निरीक्षक जंगबहादुर सिंहसहित २३ जना प्रहरी कर्मचारी पुरस्कृत भएको थिए । यसरी पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा प्रहरी निरीक्षक सिंह, प्रहरी नायव निरीक्षक ओमप्रकाश केसी, प्रहरी सहायक निरीक्षकहरु सुरेन्द्र बहादुर शाह, भोजबहादुर पाल, केशव दत्त जोशी, शिवलाल खासु, होमबहादुर वस्नेत, प्रहरी बरिष्ठ हवल्दार सुरेन्द्र बहादुर बुढा, प्रहरी हवल्दार सोमकुमारी महत्तो, प्रहरी सहायक हवल्दारहरु नरेशबहादुर बम, भरतराज भण्डारी, बिरुलाल चौधरी, गोविन्द खड्का, प्रहरी जवान अनिल केसी, पुर्णबहादुर एलजी र सन्तु थारु रहेका छन ।कार्यक्रममा राजनीति दलका नेता, जनप्रतिनिधि, नागरिक समाज लगाएतको उपस्थिती रहेको थियो ।