सि.टा समाचरादाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका सोह्र सय जना विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ । बिद्यार्थीहरुलाई चिसोबाट बचाउन र विद्यालयमा नियमित उपस्थित दर बृद्धि गर्नका लागि यो सहयोग गरिएको हो ।

सिमकोट गाउँपालिकाका २० सामुदायीक विद्यालय मध्य सोह्र वटा र चार वटा संस्थागत विद्यालय गरि जम्मा बीस वटा विद्यालयमा अध्ययनरत एक हजार छ जना बिद्यार्धीहरुलाई न्यानो कपडा यो चिसोको मौसममा बितरण गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले बताए । यी सवै बिद्यार्थीहरुलाई चिसो बढी रहेको बेला ज्याकेट, जुत्ता र मोजा सहयोग गरिएको उहाँले बताउनुभयो ।

यसरी न्यानो कपडा सहयोग पाउने विद्यालयका बिद्यार्थीहरुमा चाङ्ला हिमाल आवि, पञ्चमुखी हिमाल आवि, कालाशिल्ता आवि, रामदेव मावि, रलिङ आवि, महाकाल आवि, बालबिकास आवि, हिमाली बहिरा आवि, जनज्योति आवि, मालमन्दिर मावि, भिमसेन आवि, मानसरोवर मावि, कालाशिल्ता आवि, कर्णाली ऐकेडेमी, हिमाली मोडे स्कुल, कैलाश बोधी स्कुल, कैलाश मावि, दोभान आवि, सर्किदेउ आवि र सनसाईन वोडिङ स्कुल रहेका छन् ।
यी न्यानो कपडा पोखराको कर्मफ्लाईटस फोउडेसन नेपाल र सिमकोट गाउँपालिकाको लागत साझेदारीमा बिद्याथीहरुलाई सहयोग गरिएको हो । वार्म निष्ट फाउण्डेसनको आर्थिक सहयोगमा नेपाली उद्योगमा तयार भएका यी न्यानो कपडाहरु हिमाली जिल्ला हुम्लाका विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सहयोग गरिएको कर्मफ्लाईटस फाउडेसनका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवरले बताए ।
मुख्यगरि गाउँपालिकाले लिन चाहेको सहयोग अनुरुप यो सहयोग हुम्लामा पुगेको बताउदै उनले चिसोबाट बिद्यार्थीहरुलाई बचाउन र विद्यालयमा नियमित उपस्थिती बढाउनका लागि यो सहयोग गरिएको बताए । यसका लागि २५ लाख रुपियाँ कर्मफ्लाईटस लागत ब्यहोरेको छ भने पाँच लाख रुपियाँ सिमकोट गाउँपालिकाले लागत ब्यहोरेको छ ।
गाउँपालिकाले पोखरा, नेपालगंज हुँदै सिमकोटसम्मको ढुवानीको ब्यवस्था गरेको हो भने कर्मफ्लाईटसले सामान खरिदको ब्यवस्था गरेको हो । यी न्यानो कपडाहरु प्रत्येक विद्यालयमा पुगेर बिधार्थीहरुलाई बितरण गरिएको हो ।
बितरण गर्न गाउँपालिकाका अध्यक्ष भण्डारी , उपाध्यक्ष शुशिला रोकाया भाम लगाएतको सहभागिता रहेको थियो । न्यानो कपडा पाउने बिद्यार्थीहरुको ज्याकेट र जुत्ताको आकार यसअघि नै लिईएको कारण सहज भएको छ ।
यता गाउँपालिकामा लागु भएको आधार बिकास नेपालले हेरि रहेका वडा नम्बर ७ को कर्णाली मावि र ८ को सैपाल हिमाल मावि, बलभद्र आवि र कान्ती आविमा अध्ययनरत बिद्यार्थीहरुलाई भने नदिईएको उहाँले बताउनुभयो । यी चार वटा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई आधारले सहयोग गर्दै आएको छ ।









