सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा प्रथम गोल्ड कप जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबार एक कार्यक्रमकाबिच सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले प्रतियोगिताको उद्घाटन गरेका हुन ।
प्रथम गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको हो । जिल्लाभरका सोह्र वटा क्लवहरुको प्रतियोगितामा सहभागिता रहेको छ ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताका सहभागी टिमलाई चार समुहमा विभाजन गरि लिंक चरण सुरु भएको हो । प्रथम हुने क्लवले एक लाख १५ हजार रुपियाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले ७५ हजार रुपियाँ प्राप्त गर्नेछ ।
यसका लागि आयोजकमा दिगो विकास युवा क्लव र रानी बन युवा क्लव रहेका छन् । प्रतियोगितामा उद्घाटन खेल दुर्पा युवा क्लव र ठेहे वीका विच भएको थियो । उक्त खेलमा ठेहे वीलाई दुर्पा युवा क्लवले एकका बिरुद्ध दुई गोल गर्दै विजेता भएको छ । । वाँकी खेलहरु भने आईतबारबाट हुनेछन ।









