सि.टा. समाचारदाता
सिमकोट । जिल्ला स्तरीय अन्तर विद्यालय फुटवल प्रतियोगिता उद्घाटन खेलमा बालमन्दिर मावि विजेता भएको छ । सो प्रतियोगिता आयोजक हुम्ला फुटबल ऐकेडेमीले बिहीबार तीन बजेबाट सुरु गरेको प्रतियोगितामा बालमन्दिर बिजेता भएको हो । लिटिल एन्जल्स स्वर्गीय भुपेन्द्र रावतको स्मृतिमा उक्त प्रतियोगिता आयोजना सुरु भएका खेलको पहिलो खेलमा सिमकोट गाउँपालिकाको बालमन्दिर मावि विजेता भएको ऐकेडेमीका अध्यक्ष बिष्णु रावतले जानकारी दिए । उक्त विद्यालयले सीता माविलाई सुन्नेका बिरुद्ध एक गोल गरेर बिजेता भएको हो । बालमन्दिर माविका जर्सी नम्बर १७ का प्रकाश बोहराले एक खोल गरेका थिए । उक्त प्रतियोगितामा म्यान अफ द म्याच पनि तिनै बोहरा भएका थिए । बोहरालाई जिल्ला हक्की संघका अध्यक्ष रामजन रावतले उपहार प्रदान गरेका थिए ।

यो प्रतियोगिता अन्डर १३ र १७ वर्ष मुनिका विच हुनेछ । प्रतियोगितामा अण्डर १७ मा पाँच वटा र अण्डर १३ मा चार टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका कावा. प्रमुख सरिता बोहराले गरेकी थिईन ,विद्यालय स्तरीय सो प्रतियोगिता दोस्रो पटक हुन लागेको हो । यसअघि अदानचुली गाउँपालिकामा गतवर्ष यस्तै प्रतियोगिता सञ्चालन भएको थियो ।


















