अठतीस प्रतिशत भन्दा बढी प्रतिशत मत गणना हुँदा माओवादी अग्रता कायमै

मतगणना स्थल तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हालसम्म अठतीस दशमलव चौतीस प्रतिशत मत गण्नाा गर्दा माओवादी अग्रता कायमै रहेको छ । सर्केगार्ड गाउँपालिकाको उपनिर्वाचनको तीन वटा वडाका चार वटा मतदान केन्द्रको मत गणना कार्य सम्पन्न हुँदा माओवादी उम्मेदवारको अग्रता कायमै रहेको हो।

यी चार वटा मतदान केन्द्रहरु वडा नम्बर १ को देवल आवि तुम्च र सरस्वति मावि जैर तथा वडा नम्बर २ को लालिगुराँस मावि लिप्न, वडा नम्बर ३ को देवकोटा आवि उनापानीे मतदान केन्द्रमा खसेको मत गणनाा गर्दा माओवादी उम्मेदवार पहिलो स्थान मै रहेको छ ।

यी चार वटा मतदान केन्द्रमा खसेको एक हजार ७३४ मत गणना गर्दा माओवादी उम्मेदवरा देवकी तिमिल्सिनाले ७०६ मत ल्याएर अग्रस्थानमा रहेकी छन् भने काँग्रेस उम्मेदवार सबिता बुढाले ४९१ मत ल्याएर पछ्याएकी छन् । एमाले उम्मेदवार जाना शाहीले ४७१ मत ल्याएकी छन ।

त्यसैगरि राप्रपाकी उम्मेदवार संगिता शाहीले बीस मत प्राप्त गरेकी छन् भने रास्वपाकी बाँचु बुढाले पाँच र बदर मत ३१ रहेको छ । हालसम्म ३८ दशमलव ३४ प्रतिशत मत गणना कार्य सम्पन्न् भएको छ ।

अझै दुई हजार ७८९ मत गणना गर्न बाँकी रहेको छ । अहिले वडा नम्बर ४ को हिमज्योति मावि सर्केगार्डको मतगणना कार्य जारी रहेको छ । आईतवार सम्पन्न भएको उपनिर्वाचनमा चार हजार ५२३ मत खसेको थियो ।