सि.टा. समाचारदाता
सिमकोट जिल्ला अनौपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसंग जोडिएको भएपनि ९३ प्रतिशत भन्दा बढी घरधुरी अझै खाना पकाउन दाउरा कै साहारा लिनु परि रहेको छ । बिकल्पमा खाना पकाउने ग्याँस र बिधुतको ब्यवस्था नभएपछि जिल्लावासीलाई दाउरा कै भर पर्नुपर्ने बाध्यता रहेको हो ।
उत्तरी चीनसंग जोडिएको नाम्खा गाउँपालिका– ५ को यारी गाउँका कन्जोक लामाले आफ्नो गाउँका ६५ घरधुरी सबै दाउरा कै भर खाना पकाउने र अन्य आगोबाट हुने कामहरु समेत भई रहेको बताए ।
उक्त गाउँमा चिनीयाँ र नेपाली खाना पकाउने ग्यास पुग्ने अवस्था रहेको भएपनि आम्दानीको श्रोत नभएको कारण निशुल्क रुपमा जङ्गलबाट टिपेर ल्याएको दाउरा प्रयोग गर्नु परि रहेको छ । उनले सुख सयल गरि वस्ने रहर सवैको हुने भएपनि यारी गाउँमा मानिसको वसोवास हुदै आएदेखि दाउराको प्रयोग भई रहेको बताए ।
नाम्खा गाउँपालिकामा १९ वटा वस्ती रहेका छन् । ती वस्ती सबैमा दाउराको प्रयोग हुने गरेको छ । हतारको बेला फाट्टफुट्ट रुपमा गाउँपालिका केन्द्र याल्वाङमा ग्याँसको प्रयोग भने गरि रहेको भएपनि दाउराको चुल्हो पनि ती घरधुरीमा प्रयोग हुने गरेको छ ।
यता सर्केगार्ड गाउँपालिका– ५ को गोठी गाउँकी बसन्ती शाहीले गाउँपालिका केन्द्र सर्केगार्डमा बाहेक आठ वटै वडामा २३ वटा वस्तीका सबै घरधुरीमा चुल्होमा दाउराबाटै भान्सा सञ्चालन हुने गरेको बताईन । सर्केगार्डमा वस्दै आएका घरधुरीले पनि दाउराको चुलो सञ्चालन गर्न भने छोडेका छैनन । दाउरा सित्तैमा जङ्गलबाट टिपेर ल्याउदा पनि हुने तर ग्याँस चुल्हो प्रयोगका लागि अनिवार्य आर्थिक आवश्यक पर्ने भएको कारण ग्याँस पुगेपछि प्रयोग गर्न सक्ने अवस्था नरहेको होे । बिधुत त बत्ती बाल्नै पनि धौ धौ हुने भएको कारण यसको प्रयोग टाढाको कुरो रहेको छ ।
यता खार्पुनाथ गाउँपालिका– १ का टक्कबहादुर शाहीले दाउरा नै इन्धनको मुख्य श्रोत रहेको बताउनुभयो । उनले आफ्नो गाउँपालिकाका सतप्रतिशत घरधुरीले दाउरा नै प्रयोग गर्ने गरेको बताउदै अझै केही वर्षले निरन्तरता पाउने बताईन सदरमुकाम सिमकोट, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका केही घरधुरीले भने ग्याँस चुल्होको प्रयोग गर्दै आएका छन् ।
उद्योग बाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले पछिल्लो समय ग्याँस ब्यापारीबाट लिएको तत्थ्याङ्क अनुसार जिल्लामा हुम्लाका स्थायी बासिन्दा मध्य ९४६ जनाले मात्र सात वटै गाउँपालिकामा ग्याँसको प्रयोग गरि रहेको बताए ।
त्यो पनि दाउराको चुल्हो सहित रहेको घरधुरी रहेको होे । अझै दश हजार २०४ घरधुरीले ग्याँस दाउराको चुल्होबाट भान्सा चलाई रहेको अबस्था रहेको उनले बताए । यसले गर्दा ९३ दशमलव ५६ प्रतिशत राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा आर्थिक वर्ष ०८०÷८१ सम्म जिल्लाको कुल घरधुरी सङ्ख्या एघार हजार २०४ रहेको छ । छ दशमलव ४४ प्रतिशतले मात्र ग्याँस चुल्हो प्रयोग गरि रहेको अवस्था रहेको छ । पछिल्लो जनगणना अनुसार हुम्ला जिल्लाको कुन जनसङ्ख्या ५५ हजार ३९४ रहेको छ ।


















