च्याछराको चट्टानी सडकमा प्लम्प वाल निर्माण र ढलान सुरु

फोटो क्याप्सन च्याछरा खण्डको सडकमा प्लम्प वाल निर्माण र ढलान गर्ने हुँदै । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
हुम्ला । कर्णाली करिडोरको सिमकोट हिल्सा सडकको कडा चट्टानी क्षेत्रको च्याछरा सडकमा ढलान कार्य सुरु भएको छ । यसअघि सडकको ग्रेड नमिलेको कारण त्यसलाई चट्टान बिष्फोट गरेर सडकलाई स्थाायी रुपमा यातायात सुचारु गर्न सहजताको लागि ढलान कार्य सुरु गरिएको हो ।

चट्टान विष्फोट गरेर सडकको ग्रेड मिलााउने कार्य पुरा भएपछि च्याछराको सडकलाई ढलान सुरु गरिएको ओएसिस ईन्जिनीयरिङ व्लील्डर प्रालिका स्थानीय प्रतिनिधि हरि बाोगटीले बाउनुभयो ।

हाल सडकको दक्षिण क्षेत्रमा प्लम्प वाल लगाउनका लागि ३२ एमएमको रड घुसाउनका लागि होल खोप्ने कार्य पुरा भएको उहाँले बताउनुभयो । होल खोपेर रड घुसाएर प्लम्व वाल लगाउने कार्य सुरु भएको छ ।

त्यसैगरि याङ्करिङ वाल लगाई सकेपछि छ मिटर चौढा आधार ( वेस) निर्माण भएको कारण ढलान कार्य सुरु भएको उहाँले बताउनुभयो । च्याछरादेखि याल्वाङ गुम्बासम्मको सडक खण्डको काम स्तरोन्नती गर्ने मात्र भएपनि असजिलो क्षेत्र भएको कारण त्यसलाई दियो रुपमा सडक सुचारु गर्नका लागि ढलान कार्य भई रहेको हो ।

च्याछराको एक सय मिटर सडक ढलान गर्ने कार्य असार मसान्तभित्र सम्पन्न गर्ने गरि काम अगाडी बढेको उहाँले बताउनुभयो । हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेल बहादुर नेपालीले सडकको अवस्था हेरेर नै च्याछरा खण्डको सडकलाई ढलान गर्ने कार्य भई रहेको बताउनुभयो ।

यो सडक ढलान गर्ने कार्य कर्णाली करिडोरको हुम्ला खण्डमा पहिलो ढलान भएको उहाँले बताउनुभयो । अरु खण्डमा भने सडकको स्तरोन्नती गर्ने कार्य भई रहेको छ ।