सिमकोट गाउँपालिकाकी उपाध्यक्ष रोकायालार्ई जौ थन्क्याउने चटारो

फोटो क्याप्सन सिमकोट गाउँपालिका– ५ को जग्गामा जौ टिप्दै उपाध्यक्ष रोकाया र अन्य महिला । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपलिकाकी उपाध्यक्ष शुशिला रोकाया भाम लगाएतका किसानलाई जौ थन्क्याउने चटारो सुरु भएको छ । जौ पाकेपछि बिहानैबाट बेलुकासम्म किसान यो कार्यमा निक्कै ब्यस्थ्य देखिएका हुन ।

आफ्नो जग्गामा जौ टिप्दै गरेकी सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकाया भामले किसानलाई जौ टिप्ने चटारो सुरु भएको बताईन । गत कातिक महिनामा छरेको जौ यतिबेला पाक्ने गर्छ । उनले बिहानैबाट किसानहरु पाकेको जौ भएको जग्गामा टिप्ने कार्यका ब्यस्थ्य रहनु पर्ने भएको कारण किसानको सम्पुर्ण काम यसैमा केन्द्रीय भएको बताईन ।

यसवर्ष जौ बाली त्यति राम्रो नफलेको भएपनि टिप्ने र नल काट्ने कार्य भई रहेको छ । दिउसो कार्यालयको काम गर्नुपर्ने भएको कारण बिहान बेलुकाको समयमा जौ टिप्ने कार्य गरिएको उनले बताईन ।

यता सिमकोट गाउँपालिका– २ को ठेहे गाउँकी जानकी भण्डारीले किसानलाई जौ भित्र्याउने कार्य भई रहेको बताईन । सिङ्गो गाउँका किसानहरु हिजोआज बिहानै निस्कने र बेलुका मात्र जौ टिपेर घर फर्कने गरेको बताउदै उनले सिंचाई भएको जग्गामा जौ वाली राम्रो भएपनि आकाशे पानीको भरमा खेती जग्गामा भने जौ राम्रो नफलेको जानकारी दिईन ।

जग्गामा लगाएको जौ वाली हेर्दा यसवर्ष उत्पादन घट्ने अवस्था रहेको बताउदै भण्डारीले गतवर्ष भन्दा आधा उत्पादन हुने देखिएको बताईन । जग्गाबाट घरमा टिपेर ल्याएको जौ चुट्ने काम पनि संगसंगै भई रहेको छ ।

कृषि बिकास कार्यालयका अनुसार हुम्ला जिल्लामा ५८० हेक्टर जग्गामा जौ खेती हुने गरेको छ । कार्यालयले किसानले भरखर जौ टिप्न सुरु गरेको कारण कति उत्पादन हुन्छ भन्न नसकिने र गाउँपालिका स्तरबाट सबै बिबरण लिएपछि मात्र उत्पादन बारे भन्न सकिने जनाएको छ ।