सि.टा. समाचारदाता
सिमकोट । उत्तरी नाम्खा गाउँपालिकाले ३७ करोड भन्दा बढी बजेट ल्याएको छ । मंगलबर गाउँपालिकाले नीति, बजेट तथा कार्यक्रम गाउँसभामा पेश गर्ने क्रममा सो बजेट ल्यएको हो ।
गाउ सभाले शिक्षा, स्वास्थ्य, पुर्बाधार पर्यटन र आयआर्जनलाई प्राथमिकता दिएको छ ।
मुख्यगरि बजेटले गाउँपालिकाको प्रशासकीय भवनलाई प्राथमितका दिदै शिक्षा, स्वास्थ्य, कृषि र आयआर्जनलाई बजेटले प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । सो पालिकाले ३७ करोड ६८ लाख पचास हजार रुपियाँको बजेट सभाबाट पारित गरेको छ । यो वजेट पुँजीगत र चालु गरि हो ।
त्यसैगरि सभाले आन्तरिक आम्दानीमा राजस्व संकलनबाट बीस लाख, अल्या एक करोड पचास लाख गरि एक करेड ७० ल अनुमान गरेको छ । गाउँपालिकाको बजेटको आम्दानीका श्रोतमा अन्तर सरकारी बित्तिय हस्तान्तरण अन्र्तगत ससर्त, समपुरक, सम्मानीकरण, बिशेष अनुदान रहेको छ भने राजस्व र आन्तरिक श्रोतलाई पनि समेटिएको छ ।
यो बजेटलाई गाउँपालिकाले आर्थिक बिकास, सामाजिक बिकास, पुर्वाधार बिकास, सुशासन संगठन तथा बाताबरण र कार्यलय सञ्चालन तथा प्रशासनीक शिर्षकमा बिनियोजित गरिएको छ । वजेट सभामा गाउँपालिका उपाध्यक्ष् तकदिदर लामाले गरेका हुन भने सभा अध्यक्ष प्रेमबहादुर लामाको अध्यक्षतामा भएको थियो ।
























