सि.टा. समाचारदाता
सिमकोट । यस पटकको जनै (साउने ) पुर्णिमाको अवसरमा राती एघार वजेपछि देउडा गीत गाउन नपाईने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा वसेको सर्वपक्षीय बैठकले शान्ती पुरक्षाको कारण देखाउदै रातभर देउडा गाउन नपाउने निर्णय गरिएको हो ।
रातभर देउडा गीत गाउँदा शान्ति पुरक्षामा खलल पुग्न सक्ने भन्दै यस पटकको साउने पुर्णिमाको सात दिन राती एघार वजेपछि देउडा गाउन नपाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्येयले बताए । होहल्ला हुने संभावना देखिएको कारण सर्वपक्षीय निर्णय भएको हो । साँस्कृति संरक्षण पनि हुने र शान्ति सुरक्षा पनि कायम गर्न यो निर्णय गरिएको हो ।
साउने पुर्णिमाको चर्तुदसी, पुर्णिमाका दिन दिउसो धामी नाँच्ने, पुजापाठ गर्ने र राती देउडा गाउने गरिन्छ । यसअघि यी दुई दिन रातभर देउडा गाउने गरिन्थ्यो । तर झै झगडा हुने संभावना देखिएपछि राती एघार बजेपछि देउडा गीत गाउन नपाउने निर्णय गरिएको हो ।
त्यसैगरि पुर्णिमाका पछिल्लो दिनदेखि पञ्चमीसम्मको पाँच दिन पनि दिनभर देउडा गाउने गरिन्छ । यी दिनमा पनि राती एघार बजेपछि देउडा गाउन नपाईने भएको छ । सर्वपक्षीय बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख दल फडेरा, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, राजनीतिक दलहरु, वडा अध्यक्ष लगाएतको उपस्थिती रहेको थियो ।























