सि.टा. समाचारदाता
सिमकोट । सोमवार काठमाडौंमा जेन जी आन्दोलन माथि सरकारले बर्बरता गरेको राप्रपा हुम्लाले जनाएको छ । चौध जनाको ज्यान लिने गरि सरकारले आन्दोलनकारी माथि गरेको बिरोध गर्दै उक्त पार्टी स्थानीय प्रशासन कार्यालय अगाडी प्ले कार्डमा नारा लेखेर बिरोध जनाएको हो ।
दिनभर काठमाडौंमा आन्दोलन जारी रहेको र सो क्रममा बेलुका साँढे चाार वजेसम्म चौध जनाको ज्यान जाने गरि आन्दोलनकारी माथि सरकारले आफ्नो नाङ्गो रुप देखाएको राप्रापा हुम्लाले प्ले कार्ड मार्फत जनाएको हो । राप्रपा हुम्लाका अध्यक्ष बिकास महतले सांकेतिक रुपमा बिरोध जनाउदै सरकारी दमन बिरुद्ध नारा लेखेर प्रशासन अगाडी बिरोध जनाएको बताए । जसमा हत्यारा सरकार मुद्र्धाबाट, भ्रष्ट सरकार मुद्र्धा बाद, आईएम वेथ जे टु जस्ता नारा प्ले कार्डमा लेखिएको थियो ।












