शैक्षिक अतिरिक्त कृयाक्लाप कार्यक्रम अाजबाट सुरुहुँदै

सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको शैक्षिक अतिरिक्त कृयाक्लाप  सप्ताह कार्यक्रम अाज बाट सुरुहुँदै छ । विद्यालय स्तरीय रुपमा सञ्चालन हुने सो कार्यक्रम शैक्षिक सुधारका लागि आयोजना गर्न लागिएको हो ।

बार्षिक स्वीकृत उक्त कार्यक्रम ताँजाकोट गाउँपालिका स्तरीय शैक्षिक सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त कृयाक्लाप सप्ताह कार्यक्रम सुरु हुने उक्त गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । कार्यक्रम अाज  बाट १७ गतेसम्म  सञ्चालन हुने छ । कार्यक्रम अनुसार शैक्षिक सुधारका लागि आधारभूत तह कक्षा एक देखि तीनसम्म १३ वटा कार्यक्रम सञ्चालन गरिनेछ । जसमा हाजिरी जवाफ, चित्रकला, गणित दौड, अनुखलेखन, हस्त लेखन, हिज्जे, श्रुती लेखन लगाएतका कृयाक्लापहरु हुनेछन ।

आधारभूत तह ४ र ५ मा पनि १३ वटा गतिबिधिहरु हुनेछन् । उक्त तहमा पनि तिनै गतिविधिहरु सञ्चालन गरिनेछ । आधारभूत तह कक्षा छ देखि आठसम्म बाह्र वटा कार्यक्रमहरु सञ्चाल गरिनेछ ।  कक्षा नौ र दशमा पन्द्र वटा कार्यक्रम सञ्चालन गरिनेछ ।  गाउँपालिका भित्रका विद्यालयहरुको शैक्षिक सुधारका लागि गहन छलफल गर्दा यी कार्यक्रम सञ्चालक लागि बार्षिक काार्यत्रम नै तय गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । गत वर्ष पनि उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।