सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाको स्वास्थ्य सेवा कार्यालय अन्र्तगतको जिल्ला अस्पतालको प्रसुती गृहलाई उपकरण र सामाग्री सहयोग गरिएको छ । संस्थागत सुत्केरी गराउने कार्यलाई सहज र सरल बनाउन ती सामाग्री सहयोग गरिएको हो ।
प्रसुती गृहमा आवश्यक पर्ने उपकरण र अन्य सामाग्री निशुल्क सहयोग प्राप्त भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख उमाकान्त तिवारीले बताए । प्रसुती गृहका लागि अति आवश्यक पर्ने ३५ प्रकारमा उपकरण र सामाग्री सहयोग प्राप्त भएको र ती सामाग्री तत्कालै प्रयोगमा ल्याईएको छ ।
एक कार्यक्रमको आयोजना गरि जिल्ला स्वास्थ्य सेवा कार्यालय चिकीत्सक तिवारीलाई हस्तान्तरण गरिएका सामाग्रीहरुमा डेलीभरी बेट, अक्सिजन सिलिन्डर, ट्रली र पेरी लाईट, डेली भरी सेट, इपीसेट, केएमसी सेट, इम्पलान्ट सेट, तातो पानी तताउने किट्ली, रिबलविङ कुर्ची, फुट स्टेप, रवर सेट, अटो केलेप टेप, बलट प्रेसर इन्स्टुमेन्ट रहेको वानहट ओल्डवाइडका जिल्ला संयोजक प्रकास शर्माले बताउनुभयो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय अन्तरगत पर्ने प्रसुती गृहका लागी उक्त सामाग्री प्राप्त भएपछि सुत्केरी गराउने कार्यमा सरल र सहज हुने बिस्वास गरिएको छ । ती सामाग्री वान हर्ट ओल्डवाइडको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाको समन्वय सहयोग गरिएको हो । सामाग्री खरिदका लागि एक लाख ४१ हजार ६४९ रुपियाँ खर्च गरिएको छ ।












