सि.टा. समाचारदाता
हुम्ला। हिमाली जिल्ला हुम्लाका महिलाहरुले बिरोध प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालयमा बिराेध पत्र पेश गर्नु भएको छ । सुर्खेत जिल्लाको गुभर्याकोट नगरिपालिका– ६ की १६ वर्षीया बालिका इनिसा बिकको बलात्मकारपछि गरिएको हत्याका बिरुद्ध महिलाहरुले नारावाजी सहित विरोध प्रर्दशन गरेका हुन
बालिका बिकको बलात्कारपछि हत्या गरिएको बिरोधमा महिला अधिकारकर्मीको अगुवाईमा बिरोध प्रर्दशन, हत्या बिरुद्ध नारा लगाउदै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी मार्फत गृहमन्त्रीलाई बिरोध पत्र पेश गरिएको नागरिक समाजकी अगुवा बेलुमाया महताराले बताईन । काली चोकमा जम्मा हुनु भएको तीन सय भन्दा बढी महिलाहरुले प्ले कार्ड सहित हत्या बिरुद्ध नारा लगाएर बिरोध जनाईएको हो ।
बिरोध पत्रमा बिक हत्याको घोर भत्सर्ना गर्दै दोषीलाई कानूनी कारवाही गर्न माग गरिएको छ । बिरोध पत्रमा यो घटनाले बालिका तथा महिलामा भय, त्रास, असुरक्षा र आक्रोशको बाताबरण सृजना गरेको अब बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न सरकारसंग माग गरिएको उल्लेख गरिएको छ ।
साथै निष्पक्ष र पारदर्सी छानविन, दोषीमाथि कडा कानूनी कारवाही र पिडित परिवारलाई राहात र संरषण गर्न सरकारसंग हुम्लाकी महिलाहरुले माग गर्नु भएको छ । बिरोध कार्यक्रम महिला अधिकारीकर्मी र नेपाल अष्टूेलिया साझेदारी संस्थाको अगुवाहीमा भएको हो ।





















