सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ र ५ मा गुड नेर्भस इन्टरनेशनल नेपाल र किडाक नेपाल को संयुक्त आयोजनामा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ।
लोकतन्त्र दिवसको अवसरमा विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला, चित्रकला र कविता प्रतियोगिता सञ्चालन गरिएको हो। उक्त कार्यक्रम वडा नम्बर ४ स्थित सीता माध्यमिक विद्यालय र वडा नम्बर ५ स्थित मान्धारा माध्यमिक विद्यालय खर्पेलगाउँमा आयोजना गरिएको जानकारी प्राप्त भएको छ।
सीता माध्यमिक विद्यालयमा कक्षा-स्तरका विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो भने मान्धारा माध्यमिक विद्यालयमा वक्तृत्वकलामा सदनगत तथा चित्रकला र कविता प्रतियोगिता आधारभूत तहका विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको फिल्ड संयोजक धनदेवी सिराले जानकारी दिनुभयो।
सीता माध्यमिक विद्यालयतर्फ वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीहरूबीच भएको प्रतिस्पर्धामा प्रशान्त जेठरा प्रथम, अञ्जली जेठरा द्वितीय, सुस्विता हमाल तृतीय र प्रदीप सिंह सान्त्वना भए। कविता प्रतियोगितामा प्रज्वल शाही प्रथम, सफलता रावल द्वितीय, आयुष्मा हमाल तृतीय र सृष्टि हमाल सान्त्वना भएका छन्।
त्यस्तै चित्रकलातर्फ मुकेश रोकाय प्रथम, नरदेव टमटा द्वितीय, विमल परियार तृतीय र गौरव रोकाय सान्त्वना भएका सामाजिक परिचालक धनदेवी सिराले जानकारी दिनुभयो।
त्यसैगरी, मान्धारा माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगितामा एलो सदनकी अस्मिता कामी प्रथम, ब्लु सदनकी अनिता शाही द्वितीय, ह्वाइट सदनकी अमृता सिंह तृतीय र रेड सदनकी सृजना शाही सान्त्वना भएका छन्।
कविता प्रतियोगितामा रमला सार्की प्रथम, रोशनी परियार द्वितीय, सुष्मा रोकाया तृतीय र युकेश सुनार सान्त्वना भएका छन्।
चित्रकलातर्फ अञ्जली शाही प्रथम, विकास सुनार द्वितीय, अजय ऐडी तृतीय र नन्द सुनार सान्त्वना भएका सामाजिक परिचालक अमरबहादुर ऐडीले जानकारी दिनुभयो।
प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानअनुसार शैक्षिक सामग्री पुरस्कारस्वरूप प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।
























