सशस्त्र प्रहरीको कार्यालय भवन निर्माणका लागि पौने दश करोड बजेटको ब्यवस्था

फोटो क्याप्सन सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मको भवन निर्वाण स्थल बचुनधारा डाँडाको जग्गा । तस्बिर : सि.टा.
  • सि.टा. समाचारदाता
    हुम्ला । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म र हिल्सामा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्ड आउट पोष्ट ( विओपो ) भवन निर्माणका लागि वजेट ब्यवस्था भएको छ । सरकारले आगामी आर्थिक वर्षमा भवन निर्माणका लागि वजेटको विनीयोजित गरेपछि अब सशस्त्र प्रहरीको पनि आफ्नै भवन निर्माण गर्ने बाटो खुलेको हो ।

सशस्त्र प्रहरीको कार्यालय भवन निर्माणका लागि आगामी आर्थिक वर्ष ०८३।०८४ मा बजेट विनीयोजित भएको सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक नन्दबहादुर साउदले बताए । यो वजेट सदरमुकाम सिमकोट रहेको ४४ नम्बर गुल्मका लागि र हिल्सामा स्थानना गरिैका विओपीको भवन निर्माणका लागि विनीयोजित गरिएको होे ।

विनीयोजि गरिएको कुल बजेट आठ करोड र७५ लाख रहेको र त्यसबाट सिमकोट गाउँपालिका– ५ को बचुनधारा डाँडामा बन्ने ४४ नम्बर गुल्मको भवनका लागि दुई करोड ७५ लाख बजेट बहुवर्षीय योजना निर्माणका लागि आगामी आवमा वजेट विनीयोजित भएको छ । करिब तीस करोड लागतमा सो भवन निर्माण गरिने र आगामी आवहरुमा पनि वजेटको ब्यवस्था हुने छ ।

सो स्थान डाँडा भएको कारण जमि सुम्याउने कार्य पनि हुनेछ । तीन सय रोपनी क्षेत्रफल रहेको सो सार्वजनिक जग्गाको गतवर्ष मात्र भोगाधिकारको प्रमाणपत्र गुल्मको नाममा सरकारले प्रदान गरेको थियो ।

२०७५ साल भदौ २२ गते जिल्लामा उक्त सदरमुकाम सिमकोटमा स्थापना भएको थियो । स्थापनादेखि तत्काली जिल्ला बिकास समितिको भवन र जिल्ला प्रशासन कार्यालयको पुरानो जिर्ण भवनमा गुल्म वस्दै आएको छ ।

नयाँ भवन निर्माण गरिएपछि गुल्मलाई पनि सहज हुनेछ । त्यसैगरि २०७७७ साल असार ६ गते स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको ( विओपी ) भवन निर्माणका लागि पनि आगामी आवमा छ करोड बजेट विनीयोजित गरिएको छ ।

यो वजेट तीन करोड संघ सरकारको र तीन करोड प्रदेश सरकारले विनीयोजित गरेको हो । विओपी हिल्सा पनि स्थापना कालदेखि हालसम्म भाडाको भवनमा वस्दै आएको छ । गत वर्ष नै विओपी हिल्साको नाममा २७७८ वर्गमिटर जग्गा प्राप्त भएको थियो । हिल्सामा नयाँ वन्ने भवनमा दुई देशका सुरक्षा निकायहरुको बैठक वस्ने हलको समेत निर्माण गरिनेछ ।