सि.टा.समाचारदाता
सिमकोट । नेपाली काँग्रेस हुम्लाका नेता मंगलबहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । सधै काँग्रेसबाट अवसरै अवसर पाएको भएपनि उनले काँग्रेस त्याग गरि रास्वपा प्रवेश गरेका हुन ।
नेपाली काँग्रेसले कारवाही फुकुवा गरेको एक वर्षपछि नेता शाही रास्वपा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस हुम्लाका नेता शाही रास्वपामा प्रवेश गरेको सो पार्टीका हुम्लामा सभापति लक्ष्मण ऐडीले बताए । रास्वपा प्रवेश गर्ने नेता शाहीलाई उक्त पार्टीका सभापति रवि लामिछानेले खादा तथा अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
२०४६ सालवाट नेपाल विद्यार्थी संघबाट काँग्रेसको राजनीति सुरु गरेका शाहीलाई २०७९ सालको प्रदेश सभा सदस्य निर्वाचनमा वागी उम्मेदवारी दिएका कारण पार्टीले कारवाही गरेको थियो । नेपलाी काँग्रेसले गत वर्ष मात्र उनको कारवाही फिर्ता गरेको थियो । २०५९ सालमा काँग्रेस विभाजन हुँदा नेता शाही नेपाली काँग्रेस हुम्लाको पार्टी सभापति भएका थिए ।
पछि पार्टी एकिकरण हुँदा उहाँ सहसभपति भएका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उहाँलाई नेपाली काँग्रेसले सर्केगार्ड गाउँपालिकाको अध्यक्षमा टिकट दिएको भएपनि उनी पराजित भएका थिए । पछि २०७४ साल कै प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनलाई काँग्रेसले प्रतिनिधि सभा सदस्यमा टिकट दिएको थियो ।
उक्त निर्वाचनमा नेता शाहीले ४७ मतान्तरले निर्वाचनमा पराजय भोग्नु परेको थियो । २०७९ सालको प्रदेश सभा निर्वाचन क क्षेत्रमा शाहीलाई पार्टीले टिकट नदिएपछि वागी उम्मेदवार भएका थिए । उक्त निर्वाचन उनले पराजय भोग्नु परेको थियो । नेपाली काँग्रेसले अन्य लाभका पदमा पनि उनलार्य पटक पटक अवसर प्रदान गरेको थियो ।









