सि.टा. समाचारदाता
सिमकोट । दोस्रो अध्यक्ष रनिङ शिल्ड प्रतियोगितामा मानसरोवर माध्यामिक विदय विजेता भएको छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मानसरोवर माविले सवै भन्दा बढी स्वर्ण पदक जितेर बिजेता भएको हो ।
दोस्रो अध्यक्ष रनिङ शिल्ड प्रतियोगितामा एघार वटा स्वर्ण पदक जितेर मानसरोवर मावि विजेता भएको हो । त्यसैगरि बालमन्दिर माविले दश स्वर्ण पदक प्राप्त गरि द्धितीया स्थान भएको छ भने कर्णाली मावि चौगानफया र सैपाल हिमाल मावि स्याँडाले दुई दुई स्वर्ण जितेर प्रतियोगिताका तृतीया स्थान हुन सफल भएका छन ।
प्रतियोगितामा कैलाश मावि डाँडाफयाले एक स्वर्ण पदक जितेको थियो भने सहभागी दुई वटा विद्यालयहरु रामदेव मावि ठेहे र रलिङ मावि बरगाउँले भने कुनै पनि स्वर्ण पदक जित्न सकेका थिएनन् । भलिवल छात्रतर्फ बालमन्दिर मावि प्रथम र कर्णाली मावि द्धितीय भएका थिए भने छात्रातर्फ मानसरोवर मावि प्रथम र रलिङ मावि द्धितीया भएको थियो ।
विजेता खेलडाीहरुलाई पदक, प्रमाणपत्र र पुरस्कार पैदान गरिएको थियो । विेजेता विद्यालयलाई शिल्ड प्रदान गरिएको थियो । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, सिमकोट गाउँपालिकी उपाध्यक्ष शुशिला रोकाया भाम लगाएतले शिल्ड तथा पदक प्रदान गर्नु भएको थियो ।
प्रतियोगितातर्फ छात्र तथा छात्रातर्फको खेलहरु भएका थिए । यसका लागि २६ वटा इभेन्टमा खेलाडीहरुविच प्रतिश्प्रर्धा भएको थियो । छात्राछात्र गरि डेढ सय खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउनु भएको थियो ।
प्रतियोगिताको आयोजना सैपाल हिमाल माविले गरेको थियो भने सिमकोट गाउँपालिकाको आर्थिक सहयोग रहेको थियो । जिल्लाका अन्य गाउँपालिकाले यो प्रतियोगिता गर्न बाँकी छ ।









