सि.टा. समाचारदाता
सिमकोट । नयाँ सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जिल्लामा आफ्नो पहिलो काम शान्तिसुरक्षा कार्यम गर्नु रहेको बताएका छन । बुधबार जिल्लामा आई पुगे लगत्तै प्रजिअ गुरागाईले कार्यालयमा उपस्थितीत भएर आफ्नो कामको सुरुवात गर्दै सो कुरा बताएका हुन ।
कार्यालयमा आफ्नो टेबुलमा बस्दै कामकाज सुरु भएको र जिल्ला प्रशासन कार्यालयको सवै भन्दा पहिलो काम जिल्लामा शान्ति सुरक्षा तथा अमयचयन कायम गर्ने रहेको र त्यसमा आफु लागी सकेको प्रजिअ गुरागाईले बताए ।
त्यसपछि हाल देशभर मनसुन भित्रि सकेको अबस्थामा विपद ब्यवस्थापनका लागि तयारी अवस्थामा रहेको र सरोकारवाला पक्ष सवै लाग्ने गरि अगाडी बढ्ने उनले बताए ।
एउटा सेवाग्राहीप्रति उत्तरदायी हुनु पर्ने कार्यालय भएको कारण सेवाग्राहीका गुनासोको सुनुवाई गर्ने कार्य पनि संभव भएसम्म गरिने उनले बताए । त्यसैगरि जिल्लाका सरोकारवाला पक्षसवैसंग समन्वय, सहकार्य र सहजिकरणको काममा पनि लाग्ने उनले बताए ।
पछिल्लो समय बाजुरा र हुम्ला जिल्लाको सिमा विवादलाई लिएर केही बिबाद भई रहेको अवस्थामा त्यो समस्याको वारेमा वुझने कार्य भई रहेको र समाधानका लागि पनि प्रजिअको तर्फबाट गर्न सकिने कार्य गरिने उनले बताए । यसका लागि बाजुरा जिल्लासंग पनि समन्वय गरिने उनले बताए । यसअघि काभ्रे जिल्लाको जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रजिअ गुरागाईसंग २८ वर्ष लामो जागिरे जीवनको अनुभव रहेको छ ।
यसअघि सिमकोट बिमानस्थलमा उनको सहायक प्रजिअ राजेन्द्र चन्दको टोलीले स्वागत गरेको थियो । त्यस लगत्तै कार्यालयमा पुगेका उनलाई कर्मचारीहरुले कार्यकक्षमा स्वागत गरेका थिए । हुम्ला जिल्लामा पहिलो पटक उनी आई पुगेका हुन ।























