खार्पुनाथद्धारा चालु आर्थिक वर्ष ०८२।०८३ बित्तीय प्रगति सार्वजनिक

फोटो क्याप्सन खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिहरु तस्बिर : सि.टा

सि.टा. समाचारदाता

सिमकोट ।      खार्पुनाथ गाउँपालिकाको चालु आर्थिक वर्ष ०८२।०८३ को वित्तिय प्रगति ८९ प्रतिशत भन्दा बढी भएको छ । गत साउन महिनावाट असारसम्म सो गाउँपालिकाले सञ्चालन गरेका चालु तथा पुँजीगत गरि सो प्रगति हाँसिल गरेको हो ।

चालु आर्थिक वर्षमा खार्पुनाथ गाउँपालिका असार २५ गते राती बाह्र वजेसम्म गरेको अर्चका आधारमा चालु र पुँजीगत गरि ८९ दशमलव २७ प्रतिशत प्रगति हाँसिल गरेको गाउँपालिकाका प्रमुख प्रशासकीयक अधिकृत खड्कबहादुर परियारले बताए । सो गाउँपालिकाका कुल वजेट ४९ करोड ३० लाख ७१ हजार ६६७ रुपियाँ रहेकोमा ४४ करोड एक लाख ६९ हजार ९६२ रुपियाँ खर्च भएको उल्लेख गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले २५ गते राती नै सार्वजनिक गरेका विबरण अनुसार कुल खर्चमा पुँजीगततर्फ १९ करोड असी लाख १७ हजार ८२६ मा १६ करो ९८ लाख पचास हजार २९५ रुपियाँ खर्च गरेर ८५ दशमलव ७८ प्रतिशत प्रगति हाँसिल गरेको छ भने चालुतर्फ कुल २९ करोड ५० लाख ५३ हजार ६८१ रुपियाँमा २७ करोड तीन लाख १९ हजार ६६७ रुपियाँ खर्च गरेर ९१ दशमलव ६१ प्रतिशत प्रगति हाँसिल गरेको उल्लेख गरिएको हो ।

यस आवमा गाउँपालिकाबाट के कति वजेृट फ्रि गयो भन्ने कुरा अहिले भन्न नसकिने बताउदै लेखा प्रमुख लोकेन्द्र बहादुर शाहीले कतिपय बजेट ट्रान्सफर हुन बाँकी र कति नमिलेको कारण फिर्ता पनि आउ सक्ने भएको कारण एक दुई दिनमा मात्र यथार्थ कुरा भन्न सकिने बताए ।