अचानक लिमीको तीलमा आएको बाढीले भौतिक संरचनाको क्षेती

फोटो क्याप्सन : बाढी आएपछि बगाएको पुल । तस्बिर : सोजन्य मिग्मार लामा

सि. टा. समाचारदाता
सिमकोट । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको तील गाउँमा आएको बाढीले पुल वगाएको छ । बिहीबार बेलुका एक्कासी माथिबाट बग्दै आएको लेदो सहितको बाढीले पुल र ग्याविन बगाएको हो ।

लिमी क्षेत्रमा वर्षा भएपछि तील गाउँको तिलजुङ खोलामा पानी नपरे पनि अचानक बाढी उर्लिएर आएपछि पुल र किनारमा लगाएको ग्याविन वगाएको हो ।

सो स्थानमा गतवर्ष असारमा पनि हिमताल पुटेर बाढी आएको थियो । गतवर्ष पहिरो गएकै स्थानमा यस पटक पनि बाढी आएको हो ।

चार दिन लगातार पानी पर्ने र रोकिने गरेको थियो । बाढी आउने समयमा भने पानी परेको थिएन । वाढी आएपछि स्थानीयलाई गाउँबाट गुम्वामा सारिएको स्थानीय मिग्मार तामाङले बताउनुभयो ।