- सि.टा. समाचारदाता
साठी औं बाल दिवसको सिमकोटमा मनाउने कार्य भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा एउटै कार्यक्रममा छुट्टा छुट्टै रुपमा दुवै प्रतियोगिता आयोजना गरिएको हो । विद्यालयहरुले आआफ्नो विद्यालयको र्याली निकालेर सिमकोट बजारको परिक्रम गर्दै मानसरोवर माविमा पुगेर कार्यक्रममा परिणत भएको थियो । त्यसपछि भने दिवसको अवसरमा विद्यालय स्तरीय नृत्य र बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । नृत्य प्रतियोगिता गाउँपालिका भरिका सबै विद्यालय स्तरीय प्रतियोगिता गरिएको भएपनि १६ वटा विद्यालयको सहभागीता रहेको थियो ।

जसमा सात वटा मावि र बाँकी नौ वटा प्रावि तथा आविहरुको सहभागीता रहेको थियो । तियोगिताको समन्वयकतामानसरोवर माविका प्रधानाध्यापक अमरबहादुर शाहीले नृत्य प्रतियोगिता आयोजना गरिएको बताए । सो प्रतियोगितामा मानसरोवर मावि ४१ अंक प्राप्त गरेर पहिलो भएको थियो भने बालमन्दिर मावि ४० दशमलव पचास अंक प्राप्त गरेर द्धितीया, कालशिल्ता आवि ३९ दशमलव पाँच अंक प्राप्त गरेर तृतीया तथा कैलाश मावि ३८ दशमलव पाँच अंक ल्याएर सान्त्वना भएको थियो । नृत्य प्रतियोगितामा बिजेता विद्यालयलाई स्टेस्नरी पुरस्कार प्रदान गरिएको थियो । यो प्रतियोगितामा सहभागी जनाए बापत सबै विद्यालयलाई एक हजार पाँच सय रुपियाँ नगद स्टेस्नरी प्रदान गरिएको थियो । बाल दिवस कै अवसरमा आयोजना गरिएको मावि स्तरीय बक्तृत्व कला प्रतियोगितामा सिमकोट गाउँपालिकाका सात वटा माविको सहभागीता रहेको थियो ।

जसमा ३५ दहमलव ८८ अंक प्राप्त गरेर मानसरोवर माविका छात्र दिनेश शाही र त्यती नै अंक प्राप्त गरेर कर्णाली माविका रुपेश शाही प्रथम स्थान भएका थिए । त्यस्तै ३५ दशमलव ५५ प्रतिशत अंक ल्याएर सैपाल माविकी छात्रा रश्मी बुढा द्धितीया, बालमन्दिर माविकी कटिना बोहरा तृतीया र रामदेप माविका दानबहादुर भण्डारीले ३३ दशमलव नौ अंक ल्याएर सान्त्वना भएका थिए । बक्तृत्वकलामा बिज्ेता बिधार्थीहरुलाई पहिलोबाट क्रमश तीन हजार दुई हजार एक हजार पाँच सय र एक हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो । नगद पुरस्कारका लागि सिमकोट गाउँपालिकाले सहयोग गरेको थियो भने स्टेस्नरीका लागि आधार बिकास नेपालले सहयोग गरेको हो ।
बाल दिवस मनाउनका लागि गुड नेवर्स इन्टनेस्नल नेपाल, आधार बिकास नेपाल, एसआईडिसी लगाएतका संस्थाहरुको सहयोग रहेको थियो । कार्यक्रममा उपाध्यक्ष शुशिला भाम रोकाया, जिल्ला समन्वय समितिकी सदस्य सरिता रावत, सिमकोट गाउँपालिकाका निमित्त प्रशासकीयक अधिकृत उजिर रोकाया, ७ नम्बर वडाका अध्यक्ष बलविर शाही, शिक्षा बिकास तथा समन्वय एकाईका प्रमुख योगेस आलेमगर, सामाजिक विकास कार्यालयका प्रमुख हर्कबहादुर बस्नेत लगाएको उपस्थिती रहेको थियो ।
















