सि. टा. समाचारदाता
हुम्ला । हालसम्म हिमाली जिल्ला हुम्ला राष्ट्रिय प्रशारण लाईन नजोडिएकोमा सासद जयपति रोकायाले आपत्ती जनाएका छन् । संसदको पुर्वाधार बिकास समितिको बैठकमा शुक्रबार सासद रोकायाले विषयमा आफ्नो आपत्ती रहेको बताएका थिए ।
लक्ष्य एउटा राख्ने तर त्यो लक्ष्य पुरा गर्नेतर्फ समय काम नगर्ने र काम पनि सुस्त गतिमा गरेको कारण गत असार मसान्तमा हुम्ला जिल्ला राष्ट्रिय प्रशारण लाईनसंग जोडिन पर्नेमा नजोडिएको सासद रोकायाले बताए । बर्खामा पानीको समस्या नहुने समयमा समेत सदरमुकाम सिमकोट लगाएतका दुई वटा गाउँपालिकाका उपभोक्ताले पाँचदेखि छ घण्टा अहिले पनि लोडसेडिङ्गको मार खेपी रहेको गुनासो उनले गरेका थिए ।
यो समस्या जिलभरिको झन धेरै भएको उनको भनाई छ । सधै समस्या मात्रै भोग्नु पर्ने हुम्लावासीको काम भई रहेको बताउदै उनले यो पिडा कम गर्नेतर्फ राज्यले ध्यान दिन नसकेको समितिको बैठकमा वताए ।
हुम्ला जिल्लालाई राष्ट्रिय प्रशारण लाईनमा जोड्ने कार्यमा ढिलाई भएको कारण सन २०२४ को मार्च महिनामा हुम्ला जिल्लालाई राष्ट्रिय प्रशारण लाईन जोड्नका लागि सम्झौता भएको थियो । त्यो काम २०२५ को मार्चमा सम्पन्न गर्नुपर्ने तर काम सम्पन्न नभएपछि एक वर्ष म्याद थपिएको छ ।
थपिएको म्याद अनुसार हुम्ला जिल्लामा अव २०२७ को मार्चमा सम्पन्न भएपछि मात्र राष्ट्रिय प्रशारण लाईनसंग जोडिने छ । काम निक्कै ढिलो भई रहेको छ । जसमा पोल गाड्ने कार्य सुस्त, अहिले पनि पोल गाड्ने कार्य सम्पन्न नभएको र त्यसपछि तार तान्ने कार्य हुनेछ ।
अर्को महत्वपुर्ण ककुरा प्रशारण लाईन भएको क्षेत्रको भुभागको परिक्षण ( विईएस ) गर्ने कार्य पनि भएको छैन् । त्यो नगरुन्जेल प्रशारण लाईनबाट हुम्लामा बिधुत पुग्ने संभावना छैन् । स्वय यो परियोजनका प्रमुखले आगामी असारसम्म कार्य पुरा गर्न नसकिने बताई सकेका छन् ।

















