सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले शाखा कार्यालयको गोदामबाट सहुलियत ( छुट ) खाद्यान्न बिक्री गर्ने भएको छ । लिमीटेडका प्रधान कार्यालयको परिपत्र अनुसार साँतो बार्षिक उत्सव तथा चाडपर्व लक्षित गरि सर्वसाधारणका लागि सुहलियतमा खाद्यान्न बिक्री गर्न लागिएको हो ।
लिमीटेडको शाखा कार्यालयका प्मुख कृष्णबहादुर थापामगरले विभिन्न प्रकारका खाद्यान्न सहुलियत मुल्यमा खाद्यान्न बिक्री गर्न लागिको बताए । सो खाद्यान्न लिमीटेडको साँतौ बार्षिक उत्सव तथा चाडपर्वलाई लक्ष्य गरि भदौ १ गतेबाट बिक्री गर्न लागिएको हो ।
लिमीटेडको गोदाममा हाल छ हजार भन्दा बढी क्वीन्टल खाद्यान्न मौज्दात रहेकोले सहुलियत मुल्यमा खाद्यान्न बिक्री गर्न कुनै समस्या नरहेको उनको भनाई छ । प्रमुख थापामगरले उपलव्ध गराउनु भएको बिबरण अनुसार सहुलियत मुल्यमा बिक्री हुने खाद्यान्नमा चामल, तेल र चिनी रहेको छ । सहुलियत मुल्यमा बिक्री गर्न लागिको चामलको मुल्य सवै प्रकारमा पाँच रुपियाँ छुट हुनेछ ।
जस अनुसार हाल ६१ रुपियाँमा प्रतितकेजी बिक्री भई रहेको अरुवा मोटामा ५५ रुपियाँ, अरुवा मोटा पौष्टिक तत्व मिसाएको चामलमा ६१ वाट ५६ रुपियाँ, अरुवा सोना मन्सुली ६२ बाट ५७ रुपियाँ, अरुवा सोना मन्सुलीमा पौष्टिक तत्व मिसाएको ६२ बाट ५७ रुपियाँ, अरुवा मध्यम चामल ६३ बाट ५८ रुपियाँ, स्टिम जिरा मसिनो ९२ बाट ८७ रुपियाँ, स्टिम मसिनो जिरा पौष्टिक तत्व मिसाईएको ९२ बाट ८७ रुपियाँ, सुर्यमुखी तेल प्रतिलिटर तीन सय रुपियाँबाट २९५ रुपियाँ र चिनी प्रतिकेजी १०५ रुपियाँबाट एक सय रुपियाँमा बिक्री गरिनेछ । सहुलियतम मुल्यका बिक्री गर्न लागिउको चामल पौष्टिक तत्व मिसाएको पैतिब्यक्ति।
एक क्वीन्टल अन्य खाद्यान्न आवश्यकताका आधारमा खरिद गर्न सकिनेछ । यो सहुलियत मुल्यको खाद्यान्न शाखा, सर्केगार्ड र श्रीनगर डिपोका सार्थै अन्य दश वटा बिक्री केन्द्रबाट बिक्री हुनेछ ।
यसअघि जिल्लाबाट सहुलियत कोटाको खाद्यान्न निर्धारण गर्ने गरिएकोमा यस वर्ष प्रदान कार्यालयले नै जिल्ला सवै शाखा, डिपो र बिक्री केन्द्रका लागि तेईस लाख वजेट विनियोजित गरेको र सो पुगुन्जेल वितरण गरिनेछ ।




















