सि.टा. समाचारदाता
सिमकोट । प्राकृतिक सौन्दर्यले भरिपुर्ण रमणीय पर्यटकीय क्षेत्र रानी खर्कमा जाने आन्तरिक पर्यटकहरु बढ्नु भएको छ । पछिल्लो समय यसको प्रचारप्रसारका साथै हिल्सा सिमकोट सडकबाट रानी खर्क नजिकैसम्म सडक निर्माण भएर यातायात सेवा सुचारु भएपछि हुम्लाबाट जाने पर्यटकहरुको संङ्ख्यामा बृद्धि भएको हो ।
प्राकृतिक रुपमा प्राप्त निक्कै रमणीय रानी खर्कमा जाने आन्तरिक पर्यटकहरु बढेको एक हप्ता अगाडी त्यहाँ पुगेकी आन्तरिक पर्यटक सुहाना हमालले बताईन । उनले आफ्नो समुहमा आठ जना सहभागी रहेको र एक रात बस्ने गरि रानी खर्क पुगेर मनोरन्जन गरिएको बताईन ।
सौमस समेत सफा भएकोले आफ्नो टोली रानी खर्कको रमणीय दृश्यको भरपुर मनोरञ्जन लिन पाएकोमा उनले खुसी ब्यक्त गरिन उक्त क्षेत्रमा पुगेपछि अर्कै सोचाई आउने बताउदै उनले नेपालका सुन्दर पर्यटकीय क्षेत्रमा रानी खर्क पर्ने बताईन ।
त्यसैगरि केही दिन अगाडी बीस सदस्यीय टोलीमा रानी खर्क पुग्नु भएका सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले पर्यटकहरु बढ्न स्वभाविक भएको बताए । अझै सो क्षेत्रको प्रर्बद्धन हुन सके आन्तरिक मात्र नभएर बाह्य पर्यटकहरु पनि बढ्ने बिस्वास उनको छ ।
रानी खर्कका लागि हाल बाह्य पर्यटकहरु नगएर सैपाल हिमाल पनि रानी खर्क कै पृष्ठभुमिमा पर्ने भएकोले सो को दृश्यावलोकन र आरोहण गर्न जाने गर्दे आएका छन । उहाँले हाल नाम्खा गाउँपालिका–३ खगालगाउँ हुँदै अगाडी निर्माण गरिएको सडक रानी खर्कसम्म पुगेको छैन् ।
हालको सडक निर्माण गरिएको स्थानसम्म गाडीमा र त्यताबाट भने साँढे दुई घण्टा पैदाल हिड्नु पर्छ । उनका अनुसार मुख्यगरि रानी खर्कसम्म सडक निर्माण र अन्य आवश्यक पुर्वाधार संरचनाको निर्माण गर्न आवश्यक रहेको छ । हाल सो स्थानमा जाने पर्यटकहरु आफै ब्यवस्थित भएर जानु पर्ने बाध्यता रहेको छ ।
त्यहाँ पुग्ने पर्यटकहरुले वास लगाएतको अन्य ब्यवस्था आफैले गर्नु परि रहेको छ । राखी खर्कमा पर्यटकहरु मात्र नभएर भेडा, चौरी लगाएतका पशुवस्तु पालनका लागि हुम्ला जिल्लाका खार्पुनाथ, सर्केगार्ड, सिमकोट र नाम्खा गाउँपालिलकाका किसानहरुले लगेका छन् ।
भेडा र चौरी गाईको वथानको दृश्य पनि उस्तै रमाईलो दृश्य देखिने गरेको अर्का आन्तरिक पर्यटक दिपेन्द्र भण्डारीको छ । रानी खर्कमा चौरी पाल्दै आएका खर्कालाका अनुसार हालसम्म बाह्र समुहहरु आएर मनोरञ्जन लिई सकेका छन् ।
भरखर सुरु भएकोले राखी खर्क जाने पर्यटक अझै बृद्धि हुने निश्चित छ । आगामी असोज महिनासम्म रानी खर्कमा जान सकिन्छ । चार हजार दुई सयदेखि छ सय मिटर उचाईमा रहेको रानी खर्कमा ताल, नदी, बुकी फुल, जङ्गली जनावर लगाएतलाई प्रत्यक्ष रुपमा देख्न सकिन्छ ।









