हिल्सा नाकामा राज्यको उपस्थिती दयनीय रहेकोमा सासद रोकयाको संसद मार्फत ध्यानाकषर्ण

सि.टा समाचारदाता
सिमकोट । नेपाल र चीसको सीमा क्षेत्र हिल्सामा खटिएका कर्मचारीले आवश्यक सामान्य संरचना विनै काम गर्नुपर्ने बाध्यता रहेकोमा सासद जयपति रोकायालय संसद मार्फत आपत्ती जनाएका छन ।

अहिलेको प्रविधिका जमानामा अन्य सेवा र सविधा सहित काम गर्नु पर्ने बेला भाडाको घरमा सुरक्षाकर्मी कोचिएर सेवा दिनु पर्ने अवीथा विद्यमान रहेको प्रति सासद रोकायाको आपत्ती रहेको हो ।

सोमवा।रको संसदमा सुन्ने समयमा बोल्दै सासद रोकायाले उत्तरी हुम्लामा पर्ने नेपाल र चीनको सीमा क्षेत्र हिल्सा नाका नेपाल कै तेस्रो महत्वपुर्ण नाका भएपनि त्यस अनुसार भौतिक संरचना निर्माण नगरिएकोमा आपत्ती जनाएका हुन । यति महत्वपुर्ण दुई देशको नाकामा नेपालको उपस्थिती निक्कै दयनीय रहेको उनको भनाई थियो ।

हिल्सामा राज्यको उपस्थतीका नाममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार र अध्यागन कार्यलयहरु आफ्नो संरचना नभएको कारण भाडाका घरमा त्यो पनि विजोग अवस्थामा बस्नु परि रहेको उनले बताए । हिल्सामा पारीपट्टी मित्रराष्ट्र चीनको उपस्थित सरकारी जनशक्ति सुविधा सम्पन्न संरचनाबाट त्यो पनि प्रविधिको प्रयोग गरेर काम गरि रहेको देखिनु तर नेपालको हिल्सामा त उपस्थितीका लागि उपस्थिती जस्तो भएको भनाई उनको थियो ।

हिल्सामा नेपाल प्रहरीको भवन निर्माणका लागि कार्य थालनी भएको भएपनि त्यसको निर्माण कार्य संघ र प्रदेश सरकारले गर्ने विषयका सम्वन्धमा अदालतमा मुद्धा समेत रहेको कारण त्यति कै रोकिएको भनाई हुन थियो ।

भन्सार र अध्यागमनको संरचना वनाउने तर्फ सरकारको कुनै ध्यान जान सकेको बताउदै उनले सशस्त्र प्रहरीका लागि बल्ल बल्ल जग्गा प्राप्ती भए पछि यस वर्ष सरकारले केही वजेट बिनियोजित गरेको र त्यो पनि बहुवर्षीय योजनाका राखिएको उनले बताए ।

आफ्नै संरचना नभएको कारण हिउदमा भन्सार र अध्यागमनका कर्मचारी भाडाका कार्यालय बन्द गरेर सिमकोट फिर्ता हुने गरेका छन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरी कति कष्ट सहेर हिल्सा मै वस्नु परि रहेको उनले संसद मार्फत बताएका थिए ।

यी समस्यालाई मध्यनजर राखी हिल्सामा सरकारको उपस्थिती रहेका निकायहरुको संरचना निर्माणका लागि यो सदन मार्फत सम्वन्धि निकायको ध्यानाकर्षण उनले गराएका थिए ।