गाउँपालिकाद्धारा आगलागीको छानविन गर्न समिति गठन

सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको सोमबार वसेको कार्यपालिका वैठकले गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । वैठकले अचानक भएको आगालागीको सत्य तत्थ्य छानविन गर्नका लागि उपाध्यक्ष थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

गाउँपालिका अध्यक्ष लालकेश जैसीको अध्यक्षतामा दिउसो वसेको बैठकले छानविन समिति गठन गरेको हो । समितिले गाउँपालिकाको तर्फबाट आगलागीको यथार्थ छानविन गरेर कार्यपालिकामा प्रतिबेदन पेश गर्नु पर्नेछ ।

समितिको सदस्यमा वडा नम्बर २ का अध्यक्ष अजविर खटिक, ३ का अध्यक्ष राजेन्द्र शाही, कार्यपालिका सदस्य राजदेवी मल्ल र कर्मचारी समिक्षा अधिकारीलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ । समितिलाई पाँच दिनको समयावधी तोकिएको छ । त्यसैगरि गाउँपालिकामा जडान गरिएका सिसिटिभी फुटेजहरु रहेको सिपियु प्रहरीको जिम्मा लगाउने कार्य पनि गरिएको छ ।

आगलागीको प्रहरीले पनि अनुसन्धान सुरु गरि सकेको छ । सोमबार बिहान ताँजाकोट गाउँपालिकामा आगलागी भएको थियो । आगलागीबाट तीन वटा शाखाका महत्वपुर्ण श्रेष्ताहरु जलेर नष्ट भएका थिए ।