घरघरका धारामा पानी आउन थालेपछि याल्वाङवासी खुसी

घरमा नयाँ निर्माण गरिएको धारामा पानी भर्दै स्थानीय । तस्बिर ः राजन रावत, हुम्ला
  • लोग भण्डारी
    नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमा खानेपानीका धारा जडान गर्दा घर कै धारामा पानी आउन थालेपछि स्थानीयवासी खुसी भएका छन् । स्थानीयको माग अनुसार खानेपानी योजना निर्माण भई घरघरमा जडान गरिएपछि स्थानीयलाई चौबीसै घण्टा खानेपानी उपलब्ध हुन थालेको हो ।
    घरमा धारा जडान भएपछि खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता हटेको बताउदै उपभोक्ता जुली लामाले घर मै चौबीस घण्टा धारामा पानी आउने गरेको जानकारी दिए । यसअघि उनको घरमा खोलाको पानी बोकेर ल्याउनु पर्ने बाध्यता रहेको थियो । उनले सधै बर्खायाममा खोलाको धमिलो पानी उपभोग गर्नुपर्ने बाध्यता हटेको बताउदै नजिकको सरकार भएको अनुभूति भएको बताईन । छालेसी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष छिटुप तामाङले उपभोक्ता, गाउँपालिका र सहयोगी निकाय खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाको (सुसा) लागत साझेदारीमा निर्माण गरिएको खानेपानी योजनाले याल्वाङवासीको घरघरमा धारा जडान गर्न सफल भएको बताए । गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले छालेसी खानेपानी योजना समय मै निर्माण भएर सञ्चालनमा आएपछि गाउँपालिका केन्द्रवासी मात्र नभएर गाउँपालिका समेत यसबाट लावान्भित भएको जानकारी दिए ।

यसअघि खोलाको पानी प्रयोग गर्ने याल्वाङवासीको घरघरमा धारा जडान गरेर चौबीसं घण्टा पानी आउने बनाउन सफल भएकोमा  खुसी भयकाे बताए ।  अध्यक्ष लामाले गाउँपालिकाको लक्ष घरघरमा धारा जडान गर्ने रहे अनुसार याल्वाङवासीबाट सुरु भएको बताउदै यो योजना सवै वडामा पुर्याउने रहेको बताए । आयोजनाका गाउँपालिका संयोजक दन्त शाहीले स्थानीयको माग अनुसार खानेपानी योजना निर्माण भई सञ्चालनमा आएको बताए । गाउँपालिका केन्द्र याल्वाङमा उक्त योजनाबाट तीन वटा इन्टेक, आठ वटा रिजरवार ट्याङ्की, ८५ वटा धारा निर्माण गरिएको सुसा परियोजनाका प्राविधिक सहजकर्ता कार्वु लामाले बताए ।

जसमा दुई हजार लिटर क्षेमताको एउटा रिजरवार ट्याङ्की निर्माण गरेर गाउँपालिकाको कार्यालय र आसपासका वस्तीमा पानी आपुर्ती भई रहेको छ भने भेराटुल क्षेत्रका लागि आठ र चार घनमिटरको ट्याङ्की निर्माण गरिएको छ । त्यसैगरि गुम्वाका लागि ३८ घनमिटरका दुई वटा रिसिङ टोलको लागि छ घनमिटर, खोला टोलका लागि चार घनमिटर विद्यालयका लागि चार घनमिटरको ट्याङ्की निर्माण गरिएको छ ।

यो योजनाका लागि लागत साझेदारीमा एक करोड अठार लाख ६७ हजार २२९ रुपियाँ लागत लागेको छ । यसमा १९ प्रतिशत जनश्रमदान, दश प्रतिशत गाउँपालिका, एक प्रतिशत उपभोक्ताको नगद लगानी र सत्तरी प्रतिशत फिन्ल्याण्ड सरकारको अनुदान सहयोग मार्फत आयोजनाले लगानी गरेको छ । स्थानीयले खानेपानी प्रयोग गरे मार्फत बार्षिक रुपमा महशुल समेत तिर्ने ब्यवस्था वडाले गरेको छ । सो परियोजनाबाट याल्वाङका स्थानीय मात्र नभएर कार्यालय, गुम्वा, विद्यालय र सुरक्षाकर्मी समेत लावान्भित भएको प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले बताए ।