वेपत्ता भएका थप अठार वटा चौरी गाई उद्धार

फोटो क्याप्सन स्थानीयद्धारा हिमपातमा बेपत्ता भएका थप चौरीको सुरक्षित स्थानतर्फ उद्धार गरिदै । तस्बिर :  पाल्जोर तामाङ् , लिमी ।

सिमकोट समाचारदाता
हुम्ला । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको लिमी उच्च पाटनमा चरन कै क्रममा रहेको बेला हिमपातले वेपत्ता भएका थप अठार वडा चौरी गाईको सकुशल उद्धार गरिएको छ ।

बेपत्ता चौरीको खोजीमा जानु भएका दुई वटा समुहले ती चौरी पत्ता लगाएर गाउँमा उद्धार गरि ल्याईएको हो ।
लिमीको लाप्चा क्षेत्रको उच्च पाटन लिङ, साँक्या र गेउ खोलामा पाँच दिनदेखि खोज्दै आएका दुई वटा समुहले शुक्रबार बेला अठार वटा वेपत्ता चौरी गाई पत्ता लगाएर सकुशल उद्धार गरि ताक्चीमा पुर्याएको वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।

त्यसमा तीन जना तील गाउँका महिलाहरुले बाह्र वटा चौरी र अन्य हल्जी गाउँको समुहले छ वटा चौरी पत्ता लगाई सुरक्षित स्थानमा ल्याउन सफल भएको हो । अब हिमपातमा बेपत्ता भएका मध्य ३२५ चौरी गाई सहित पशुको उद्धार गर्ने कार्य भएको छ ।

यसमा हालसम्म उद्धार गरिएको पशुमा २५५ चौरी गाई, पचास वटा घोडा र बीस वटा झोपा रहेका छन् । गत असोज १० र ११ गतेको हिमपातबाट ती पशुबस्तुहरु बेपत्ता हुँदै आएका थिए । अझै दुई समुह चरन भएका पाटनमा खोजीमा रहेकोले यो संख्या बृद्धि हुने बिस्वास स्थानीयको छ । हिमपातमा परि के कति पशुबस्तु मरे भन्ने हालसम्म एकिन भएको छैन ।