कर्णाली प्रदेश स्तरीय फुटबल खेलाडी छनौट खेलमा बिजयी हुम्लाको टिमलाई स्वागत

फोटो क्याप्सन प्रदेश स्तरीय छनौट खेलमा बिजेता बनेको हुम्लाको टिमका खेलाडीलाई स्वागत गरिदै ।

सि.टा. समाचारदाता
सिमकोट । दश औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशस्तरीय फुटबल खेलाडी छनोट प्रतियोगितामा बिजी भएको हुम्लाको टिमका खेलाडीहरुलाई सिमकोटमा स्वागत गरिएको छ ।

हालसम्म फुटबल खेलमा राम्रो नतिजा ल्याएको भन्दै स्थानीय स्तरमा बाजाघाजा सहित खेलाडीहरुको स्वागत गरिएको हो ।

जिल्लाको इतिहाँसमा फुटबल खेलमा सवै भन्दा राम्रो नतिजा ल्याउन सफलता प्राप्त गर्ने खेलाडीको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरिएको कुल रावतले बताए ।

बिहीबमार बेलुका सुर्खेतबाट हुम्ला आई पुगेको विजेता खेलाडीको टिमलाई सिमकोट गाउँपालिका– ५ को मेलगुडीमा बाझाघाजा सहित स्वागत गरिएको बताउदै उनले खेलागीलाई अविर, खादा, फुलको माला लगाउने कार्य भएको बताए । यसवाट खेलाडीमा थप जोसजाँगर ल्याउन सहयोग पुग्ने बिस्वास उनले ब्यक्त गरे ।

सिमकोट भित्रिएका खेलाडीहरुलाई सिमकोट बजार पनि परिक्रमा गरिएको थियो ।
फाइनल खेलमा सुर्खेतलाई सुन्नेका बिरुद्ध एक गोलले पराजित गर्दै हुम्ला विजयी भएको थियो । यस जितसँगै हुम्लाको टोलीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सफलता हासिल गरेको छ ।

राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनौट खेल हो । खेलमा हुम्ला जिल्लाकोतर्फबाट खेलाडीहरु करन रावत, अनिस  परियार, बिशाल रोकाया, एवराज रावत, अम्रित रावत, असोक बुढा, सम्राट परियार, दिनेश सिंह, एलिक्स कार्की, सुरेन्द्र बुढा, दशरथ शाही, माईकल शाही, सुरेन्द्र मल्ल, सुरेन्द्र बुढा, श्वायव बोहरा, युवराज रावत, उज्जल रावत र मनोज रावत रहेका थिए भने टिक कोचमा धिरच रोकाया रहेका थिए ।