सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारका जलश्रोत तथा उर्जा मन्त्री कलबहादुर सम्मानीत भएका छन् । गृह जिल्ला हुम्ला आई पुगेका मन्त्री हमाललाई नेकपा एमाले अदानचुली गाउँपालिका कमिटीले शुक्रबार आयोजना गरेका वडा दशैको शुभकामना आदान प्रदान कार्यक्रममा सम्मान गरिएको हो ।
अदानचुली गाउँपालिका केन्द्र श्रीनगरमा आयोजना गरिएको मन्त्री हमालको स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो । मन्त्री हमाललाई सम्मानपत्र प्रदान गरेर नेकपा एमाले स्थायी कमिटीका सदस्य गोरखबहादुर बोगटीले सम्मान गरेका थिए ।
साथै कार्यक्रममा वडादसैंका शुभकामना आदानप्रदान गर्ने कार्य पनि भएको थियो । नेकपा एमाले अदानचुली गाउँपालिका कमिटीका अध्यक्ष बुध भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज दलबहादुर रावल, एमाले केन्द्रीय सदस्य दलबहादुर फडेराको पनि कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा नेताहरुले दसैको शुभकामना समेत दिएका थिए ।









