नेकपा हुम्लाको सचिवालय वैठकद्धारा वडा र गाउँपालिकामा जागरण अभियान र अधिबेशन गर्ने निर्णय

सि.टा. समाचारदाता
सिमकोट । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) हुम्लाले राष्ट्रिय जागरण अभियान र पार्टीको अधिबेशन वडा र गाउँपालिका स्तरमा सञ्चालन गर्ने भएको छ । उक्त पार्टीको सिमकोटमा मंसीर ९ र १० गते वसेको प्रथम सचिवालय वैठकले सो अभियान सञ्चालन गर्ने निर्ण गरेको हो ।

पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि वडा र गाउँपालिका स्तरमा जागरण अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको जानकारी सो पार्टीका जिल्ला संयोजक डा. दिपेन्द्र रोकायाले बताए । उनका अनुसार यो अभियान सात वटै गाउँपालिकामा मंसीर १४ गते र मंसीर १६ गते वडा तहमा सञ्चालन हुनेछन् ।

त्यसैगरि मंसीर २७ गते पार्टीको वडा अधिबेशन र पुस ३ गते पालिका अधिबेशन आयोजना गरिने छ । त्यसैगरि सो बैठकमा जनतासंग पार्टीको सम्वन्ध बिस्तार, जिल्लाको समग्र राजनी अवस्था, सांगठानिक गतिविधि, जागरण अभियान आगामी निर्वाचनको तयारी, पार्टी संगठनका सुदृढीकरणका वारेको छलफल भएको कुरा जानकारी गरिएको थियो ।

गाउँपालिका , वडा जागरण अभियान, वडा र गाउँपालिकाको अधिबेशन सम्पन्न भई सकेपछि पुस ११ गते सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा समिक्षा बैठक आयोजना सो पार्टीले गर्ने भएको छ । अभियान सञ्चालनका लागि गाउँपालिकाको कमाण्डर पनि वैठक चयन गरेको छ ।

नाम्खा गाउँपालिकामा नाम्ग्याल तामाङ, सिमकोट गाउँपालिकामा छिरिङ डम्डुल लामा, खार्पुनाथ गाउँपालिकामा प्रेमा लामा, सर्केगार्ड गाउँपालिकाम रंगमल रोकाया, चंखेलीमा सीता शाही, अदानचुली गाउँपालिकामा लालकेश जैसी र ताँजाकोट गाउँपालिकामा शिबरा शर्मा चयन गरिएको छ । त्यसैगरी पार्टी सदस्यता नविकरण, अद्यावधिक र प्रमाणीकरण समेत गर्ने निर्णय भएको छ ।

पत्रकारहरुको जिज्ञासामा जिल्ला इन्चार्ज हल्तबहादुर शाहीले वर्तमान सरकारले राज्य बिरोधी गतिविधि सञ्चालन गरि रहेकोले त्यसको झण्डाफोर गरिने बताए । कार्यक्रम पुर्वमन्त्री एव कर्णाली प्रदेशका सदस्य रणसिह परियारले जिल्लाको बिकास र निकासका लागि लाग्नु पर्ने धारणा राखे ।

कार्यक्रममा जिल्ला संयोजक डां रोकायाले लोकतन्त्रवादीविच सहकार्यको आवश्यक रहेको औल्याएका थिए । कार्यक्रम नेकपामा जिल्ला सहसंयोजक धर्मराज बोहराले पनि आफ्नो भनाई राखेका थिए ।