भालुको आक्रमणबाट पुरुष घाईते

 

सि.टा. समाचारदाता
सिमकोट । बिहीबार बिहान भालुको आक्रमणबाट एक जना पुरुष सक्त घाईते भएका छन ।

खार्पुनाथ गाउँपालिका– ३ को कारङ्ग गाउँका स्थानीय ४६ वर्षका चक्रबहादुर शाहीलाई भालुले आक्रमण गरेर घाईत बनाएको हो ।

मङ्सिर १० गते बिहान साँढे सात वजे शाहीलाई काट च्यात्न गएको बेला भालुको आक्रमणमा परि घाईते भएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए ।

भालुको आक्रमणबाट घाईते हुनु भएका शाहीको टाउको, अनुहार र शरिरका अन्य भागमा चोट लागेको छ । सामुदायीक स्वास्थ्य इकाई प्राथमिक उपचार गरिएपनि थप उपचारका लागि अहिले घाईते शाहीलाई जिल्ला अस्पतालमा ल्याउने कार्य भई रहेको छ । शाहीसंग अन्य चार जना भएपनि उहाँहरु भने सुरक्षित रहेका छन ।