सि. टा. समाचारदाता
सिमकोट । जिल्लाभरका दश जना सफल उद्यमीहरु सम्मानीत हुनु भएको छ । विभिन्न उद्यम ब्यवसाय सञ्चालन गरि जिल्ला बाहिर निकासी गर्न नसके पनि आयातमा कमी गरेको र ब्यवसायीक रुपमा उद्यम सञ्चालन गरेको भन्दै ब्यवसायीलाई सम्मान गरिएको हो ।
जिल्लाभरका सफल तथा नमूना योग्य उद्यमीलाई सम्मान गर्ने कार्य भएको उपभोक्ता हित संरक्षण कार्यलयका प्रमुख अर्जुन जोशीले बताए ।
आफ्नो ब्यवासय सञ्चालन गरेर विभिन्न सामाग्रीहरु जिल्ला बाहिरबाट आयात गर्ने कार्यमा न्यूनीकरणमा सहयोग पुर्याउनु भएको र आफ्नै लगानीमा ब्यवसाय सञ्चालन गरेर केही मात्रामा भएपनि रोजगारी सृजनामा सघाउ पुरयाएको भन्दै कार्यालयले एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।
यसरी सम्मानीत हुने उद्यम ब्यवसायमा रलिङ फर्निचर उद्योगकी डाँफु बोहरा, डिसहोम ईन्टेरियर एण्ड डेकोरका बाँचा रावत, पद्मा फर्निचर उद्योगमा छवाङ नुर्वु लामा, च्याङ्रानी फर्निचर उद्योगका छवि लामा, दाजुभाई फर्निचर उद्योगका जनक बुढा, सुवर्ण खाद्य उद्योगका मुकुन्द रोकाया, पञ्चमुखी स्टिल एण्ड फर्निचर उद्योगका लक्ष्मी रावत, न्यू मोडल सहमिल फर्निचर उद्योगका छुनाम लामा, राधार कैलाश ग्रिल उद्योगका राधिका रोकाया र खावुचुली प्रशाधन उद्योगका गोरासिंह बोहरा ररहेका छन ।
उनीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा र प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले खादा ओढाएर र प्रशंसापत्र प्रदान गरेर सम्मान गरेका थिऐ ।
कार्यक्रममा उद्यमीहरुले हालसम्म आफ्नै लगानीमा यो स्तरमा पुगेको र अब सरकारी अनुदानको पुँजी पनि सदुपयोग हुने क्षेत्रमा लगानी गर्न गरेका थिए ।










