सि.टा. समाचारदाता
सिमकोट । सामुदायीक बिकास केन्द्र अन्त्रगतकाे स्थानीय परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न भएको छ । केन्द्रले हालसम्म सञ्चालन गरेको कार्यक्रमहरुको समिक्षा गर्दै वैठक सम्पन्न भएको हो ।
केन्द्रले गत जेठ महिनायता हुम्लाका बीस वटा विद्यालयमा विद्यालय सुधार योजना अद्यावधिक गर्नका प्राविधिक सहयोग, बाल क्लव गठन, बालबालिकालाई परामर्स सहयोग, शिक्षकलाई पाँच दिने समावेशी शिक्षा सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम, गुनासो सुनुवाई समयन्त्र सम्वन्धि बैठक, तीन दिने वासिङ्टन सर्भे सम्वन्धि तालिम, दुई दिने शिक्षक सिकाई सामाग्री सम्वन्धि तालिम लगाएतका कार्यक्रमहरुका बारेमा केन्द्रका हुम्ला जिल्ला संयोजक निराजन बुढाले बताए । यी प्रगति बिबरणको प्रस्तुती समेत गरिएको थियो ।
समावेशी शिक्षाका क्षेत्रमा केन्द्रले काम गर्दै आएको छ । कार्यक्रम सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा सञ्चालन भएको थियो ।
केन्द्रका प्रमुख मनोज यादव, सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकाया, वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले आगामी वर्षका लागि कार्यक्रम सञ्चालन गर्दा समेट्नु पर्ने कुराहरुको माग गरेका थिए ।










