पत्रकार महासंघ हुम्ला शाखाद्धारा सामुहिक गिरफ्तारीका लागि प्रर्दशनी

सि.टा. समाचारदाता
सिमकोट । केन्द्रीय कार्यक्रम अनुसार हुम्ला जिल्लामा पनि पत्रकार महासंघको आयोजनामा सामुहिक गिरफ्तारीका लागि प्रर्दशन गरिएको छ । वर्तमान सरकार प्रेश प्रति अनुदार रहेको निष्कर्ष निकाल्दै महासंघले देशभर बुधबार यो कार्यक्रम आयोजना गरेको हो ।

पत्रकारहरुलाई सामुहिक गिरफ्तारका लागि पुर्ण प्रेश स्वतन्त्रता ग्यारेन्टी गर, प्रस्तावित प्रेश काउन्सील बिधेयक संशोधन गर, पत्रकाररिता क्षेत्रप्रति समान ब्यवहार गर, पुर्ण अभिब्यक्ति स्वतन्त्रता सुनिश्चित गर, लोक कल्याणकारी बिज्ञापनको ब्यवस्था गर, पत्रकार माथिको धडकपडा बन्द गर लगाएतका नारा भएका कार्ड बोकेर सदरमुकाम सिमकोटमा प्रदृशन गरिएको महासंघ हुम्लाकी उपाध्यक्ष छपाल लामाले बताईन ।

सिमकोटस्थित धुपी रुखबाट पत्रकारहरुले प्रर्दशनी गरे सिमकोट बजार हुँदै जिल्ला प्रशासन कार्यालयको गेटमा धर्नामा वसेका थिए ।

कार्यक्रमका समापन गर्दै महासंघ हुम्लाका अध्यक्ष राजन रावतले माग पुरा नभए थप आन्दोलन गर्ने र पत्रकारहरुलाई जिल्लामा तयारी अवस्थामा रहनु आग्रह गरेका थिए । कार्यक्रम जिल्लास्थित सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।