सुर्यज्योति लाईफ इन्सोरेन्सले अभिकर्ताहरुलाई सम्मान गर्ने कार्यक्रम सुरु

सि.टा. समाचारदाता
सिमकोट । सुर्यज्योति लाईफ इन्सोरेन्स कम्पनीले देशभरका सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सुरु गरेको छ । गत असार र साउन महिनामा आफ्नो लक्ष पुरा गर्ने देशभरका अभिकर्ताहरुका लागि कम्पनीले ल्याएको रुपाकोट भेट अफर अन्र्तगत पोखराको रुपाकोट रिसोर्टमा अभिकर्ताहरुलाई सम्मान गरेको हो ।


दुई दिने प्याकेज अन्र्तगत कम्पनीले पहिलो चरणमा कोशी, मदेश, बाग्मति, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ८४ जना अभिकर्ता र कर्मचारीलाई सम्मान गर्ने कार्य क्रम सुरु भएके कम्पनीका सिओ प्रकाश बिक्रम खत्रीले बताए । कम्पनीले दिएको लक्ष्य पुरा गर्ने देश भरका चार सय अभिकर्ताहरुलाई सम्मान गर्ने कार्यक्रमको पहिलो चरण सुरु भएको हो । ती सफल अभिकर्ता तथा कर्मचारीलाई कदर पत्र प्रदान गर्ने र खादा लगाएर सिओ खत्रीले सम्मान गरेका थिए । सो कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कम्पनीले राम्रो सुरुवात गरेको, केही नयाँ रेकर्ड समेत तोडेको कारण अभिकर्ताहरुलाई धन्यवाद समेत उनले दिए । त्यसैगरि मार्केटिङ बिभाग प्रमुख फरशुराम मरासिनीले आफ्नो काम प्रति अभिकर्ता र कर्मचारीहरु निरन्तर लाग्नु पर्ने जानकारी गराएका थिए ।

कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरु तथा बिमा सल्लाहाकारहरु र कर्मचारीलाई सम्मान गरिएको थियो भने कार्यक्रममा कम्पनीका प्रधान कार्यालयका तथा प्रदेश कार्यालय प्रमुख र क्षेत्रीय प्रमुख लगाएको उपस्थिती रहेको थियो । यो कार्यक्रम अब तीन चरणमा पून हुनेछ । यसअघि सम्मानीत भएको अभिकर्ताहरुलाई पोखराका बिभिन्न पर्यटकीय क्षेत्रको अवलोकन समेत गरिएको थियो ।