सि.टा. समाचारदाता
सिमकोट । नेपाली कम्युनिष्ट पार्टी हुम्लाले अव नयाँ गठन हुने कर्णाली प्रदेश सरकारको मन्त्रीका लागि जुम्कित लामाको नाम सिफारिस गरेको छ । सो पार्टीका जिल्लास्तरका अधिकाँस नेता कार्यकर्ताको राय सुझावमा जिल्ला कमिटीले उक्त सिफारिस गरेको हो ।
अव बन्ने कर्णाली प्रदेश सरकारमा नयाँ सदसयलाई प्राथमिकता दिने पार्टीको नीति अनुसार लामा हालसम्म कुनै पनि पदमा नरहेको कारण जिल्ला कमिटीले उनको नाम सिफारिस गरेको सो पार्टीले जनाएको छ ।
लामा हालसम्म मन्त्री पनि नबनेको प्रदेश सभा अन्र्तगतका समितिमा पनि नरहेको कारण उनको नाम जिल्ला कमिटीले सिफारिस गरेको जनाईएको हो । लामा समानुपातीकवाट प्रदेश सभाको सदस्य रहेकी छ । सो पार्टीको जिल्ला कमिटीको निर्णयलाई हुम्ला जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने अर्का सदस्य रणसिंह परियार विरोध जनाएका छन ।
उनले जिल्ला कमिटीको उक्त निर्णय उपयुक्त नभएको बताएका छन् । परियार यसअघि मन्त्री भई सकेका छन । नेकपा एमाले नेकपाविच भएको सहमति अनुसार कर्णाली प्रदेशको सरकारको नेतृत्व नेकपाको भागमा परेको छ ।























