झुला बस्तीमा पुजाआजाका लागि आधुनिक गुम्बा निर्माण

फोटो क्याप्सन अनुगमनका क्रममा झुलामा निर्माण गरिएको सामुदायीक भवन ( गुम्बा ) गाउँपालिकाका अध्यक्षको टोली । तस्बिर : सि.टा.

सि.टा. समाचारदाता
सिमकोट ।      नाम्खा गाउँपालिका– ३ को झुला गाउँमा पुजाआजाका लागि गुम्वा ( सामुदायीक भवन ) निर्माण गरिएको छ । तीन वटा वस्तीका अधिकाँस बुढापाकाहरु पुजाका लागि झुला वस्तीमा वस्ने तर उनीहरुको पुजाआजाका लागि गुम्बा नभएको कारण गाउँपालिकाले आर्थिक वर्ष ०८२।०८३ को बजेटबाट सो संरचना निर्माण गरेको हो ।

बौद्ध धर्मलम्बीको पुजाआजाका लागि अति आवश्यक पर्ने तर हालसम्म संरचना निर्माण नगरिएको झुला वस्तीमा नयाँ र आधुनिक किसिमको गुम्बा निर्माण गर्ने कार्य भएको नाम्खा गाउँपालिकाका सवईन्जीनीयर समिर लामाले बताए ।

उक्त वडाका तीन वटा वस्तीहरु खगालगाउँ, गुम्बा र लामा खोल्सीका १२० घरधुरीको बुढापाका वस्ने तर सामुहिक रुपमा पुजापाठ गर्ने कुनै संरचना नभएपछि सो गुम्बा निर्माण गरिएको छ । झुला वस्तीमा वस्ने स्थानीयको घर भएपनि साुमहिक पुजा गर्ने गुम्बा निर्माण गरिएको थिएन ।

त्यही भएर गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा एक करोड एक लाख वजेटको ब्यवस्था गरेर गुम्वा निर्माण गर्ने कार्यक्रम तय गरेको थियो । गाउँपालिकाले गुम्बा निर्माणका लागि टेण्डर आव्हान गरेर सो गुम्बा निर्माण गरिएको हो । अब सामान्य केही संरचना निर्माण गर्न बाँकी रहे पनि अधिकाँस संरचना निर्माण भई सकेका छन् ।

गाउँपालिकाले सुरुमा साुमदायीक भवनका नाममा सो संरचना निर्माण गरिएको भएपनि हाल गुम्बामा परिणत गर्ने कागजातको तयारी भई रहेको छ ।

सो निर्माण गरिएको गुम्बाको अनुगमनका लागि आईतबार गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामाको टोली गुम्बा पुगेको थियो ।