
तस्बिर ः लोग भण्डारी हुम्ला
लोग भण्डारी
सिमकोट । कर्णाली प्रदेशका चार हिमाली जिल्लाहरुमा शनिवार पनि हवाई सेवा अवरुद्ध भएको छ । बिहीबार रातीदेखि अविरल वर्षाको कारण नेपालगंजवाट हुनु पर्ने कुनै पनि उडानहरु नसकेका हुन ।
कर्णालीका हिमाली जिल्लाहरुका उडान भर्ने तालिका रहेको भएपनि खराव मौसमको कारण कतै पनि उडान हुन नसकेको हो। हिमाली चार जिल्लामा डोल्पा, हुम्ला मुगु र जुम्ला उडान भर्ने कार्यक्रम रहेको भएपनि खराव मौसमको कारण दिनभर एक उडान पनि हुन नपाएको हो । हिमाली जिल्लाको मौसममा सुधार आएको भएपनि तराई र इनरुटको मौसम खराव भएको कारण उडान नभएको हो । सीता एयर र समिट एयरका जहाजले दिनभर नेपालगंज बिमानस्थलमा उडान भर्नका लागि तयारी अवस्थामा रहेका थिए । खराव मौसम कै कारण कुनै पनि उडान नर्भ नसकेको हो । यसबाट नेपालगंजबाट कर्णालीका हिमाली जिल्लाहरुमा जाने यात्रुहरु र ती हिमाली जिल्लाबाट नेपालगंज झर्ने यात्रुहरु सवै मर्कामा परेका छन् ।















