सुुरक्षा निकायद्धारा लागु औषध तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाईयो

सि.टा। समाचारदाता

सिमकोट ।       लागु औषध तथा ओसार पसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाउने कार्य भएको छ । जिल्लाका दुई वटा सुरक्षा निकायद्धारा सो दिवस नारा सहितको र्याली निकालेर मनाउने कार्य भएको हो ।

लागु औषधबाट टाढा वसौ, परिवारको खुसी बचाऔं, दुव्र्यसनलाई नाई भनौ, स्वस्थ्य जीव रोजौ लगाएतका नारा सहित प्ले कार्ड बोलेर यो दिवस मनाउने कार्य भएको सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बिकले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आआफ्ना ब्यानर बोकेर यो दिवस मनाउने कार्य गरेको हो ।

एयरपोर्ट चोकबाट सुरु भएको नारा सहितको र्यालीले जिल्ला प्रशासन कार्यालय, काली चोक, बालमन्दिर चोक, काठेचुली चोक, महिला छात्राछवास हुँदै धुपी रुखमा पुगेर कोण सभामा परिणत भएको थियो ।

सो कोण सभालाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले यसका नकरात्मक गुण वढी हुने र सकरात्मक गुणहरु कम हुने बताउै हुम्ला जिल्ला लागु औषधका लागि भर्जिन रहेको र त्यसलाई बचाई राख्न आवश्यक रहेको बताए । सडक जोडिएसंग अव लागु औषध सम्वन्धि कारोवार पनि बढ्ने संकेत गर्दै उनले यो कामका लागि प्रहरीलाई सवैले सहयोग गर्नु पर्ने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरिक्षक नन्दबहादुर साउद, राष्ट्रिय अनुसन्धान प्रमुख मेघरा कँडेल, प्रहरी निरीक्षक जंगबहादुर सिंह, सहायक प्रजिअ राजेन्द्र चन्द, रेडक्रस सोसाईटी हुम्लाका सभापति गणेश महत लगाएको सहभागिता रहेको थियो ।