सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने

सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र यो अवधिमा कामको चाप पनि धेरै भएको भन्दै विदामा पनि कार्यालय सञ्चालन गरिने भएको हो ।

आर्थिक वर्ष सम्पन्न हुन थोरै समय रहेको र कामको चाप बढी भएको कारण शनिवार र आईतबार सार्वजनि विदा र सोमबार १५ गते कर्णाली प्रदेश सरकारले धान दिवसको अवसरमा विदा दिएको भएपनि कार्यालयबाट सेवा प्रबाह हुने र कार्यलय पुर्ण रुपमा सञ्चालन हुनेछ ।

विदा दिदा काम सम्पन्न गर्न कठिन हुने देखिएको कारण पनि यस पटकको तीन दिन विदामा पनि कार्यलयले सेवा प्रदान गर्ने भएको हो कार्यालय सञ्चालनमा आउने भएको कारण सेवाग्राहीलाई सेवा लिनका लागि कार्यालयमा आउनका लागि आग्रह पनि गरिएको छ । शुक्रबार बेलुका प्रशासकीय अधिकृत भलाराम पंगालीले एक सुचना सार्वजनिक गरेर कार्यालय सञ्चालन हुने जनाएका छन ।