नाम्खा गाउँपालिकाको आगामी वजेट ३५ करोड

फोटो क्याप्सन : नाम्खा गाउँपालिकाको गाउँ सभामा सहभागीहरु ।

सि.टा. समाचारदाता
सिमकोट ।       उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३५ करोड भन्दा वढी वजेट ल्याएको छ । बुधबार सञ्चालन गरिएको गाउँ सभामा सो वजेट प्रस्तुत गरेर पारित समेत गरिएको हो ।

आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि ३५ करोड ३२ लाख पन्द्र हजार ८८८ वजेट गाउँ सभामा पेश भएर पारित भएको गाउँपालिका प्मुख प्रशासकीय अधिकृत पुर्सोतम देवकोटाले बताए । यी वजेटको मुख्य श्रोतमा संघ र प्रदेशबाट प्राप्त हुने विभिन्न शिर्षकका वजेट रहेको छ ।

कुल वजेटमा चालूतर्फ २१ करोड पचास लाख ९७ हजार रुपियाँ रहेको छ भने पुँजीगततर्फ १३ करोड ८१ लाख १८ हजा ८८८ रुपियाँ रहेको छ । प्राप्त हुने वजेटमा संघबाट २८ करोड ६४ लाख ४८ हजार रुपियाँ रहेको छ भने प्रदेश सरकारबाट पप्त चार करोड ७२ लाख ६७ हजार ८८८ रुपियाँ रहेको छ ।

त्यसैगरि गाउँपालिकाको संचित कोषबाट एक करोड ९५ लाख रुपियाँ रहेको छ । सभा गाउँपालिकाका अध्इष प्रेमबहादुर लामाका अध्यक्षतामा भएको थियो भने वजेट तथा कार्यक्रम उपाध्यष तकदिर लामाले प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष र गाउँसभाका सदस्यहरुको सहभागिता रहेको थियो ।