लाम्पाटा विवादलाई लिएर कवाडीमा अभद्र ब्यवहार गर्ने पाँच जना वाजुरका स्थानीय बिरुद्ध पक्राउ पुर्जी जारी

सि.टा. समाचारदाता
सिमकोट । बाजुरा र हुम्ला जिल्ल्लाका स्थानीयविच लाम्पाटा च्याचौर र रानी खर्कको सिमा विवादलाई लिएर दुई जिल्लाको सिमाना कवाडीमा हुम्लाका स्थानीय माथि कुटपिट र अभद्र ब्यवहार गर्ने पाँच जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालयमा सो मुद्धा दर्ता भए लगत्तै जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबार घटनाका आरोपीलाई पक्राउ पुर्जी जारी गरेको हो ।

कवाडीमा गाडीमा यात्रा गरेर हुम्लातर्फ आई रहेका यात्रुहरुलाई कुटपिट गर्ने र अभद्र ब्यबहार गर्ने बाजुरा जिल्लाका पाँच जना स्थानीयलाई जिल्ला प्रशासन कार्यालय हुम्लाले पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार पक्राउ पुर्जी जिल्ला प्रहरी कार्यालय बाजुरामा पठाईएको हो । यो मुद्धामा छानविन जिल्ला प्रशासन कार्यालयबाट हुने ब्यवस्था छ । पाँच जना ओरोपीलाई बाजुरा प्रहरी पक्राउ गरेर हुम्ला प्रहरीले अव जिल्ला लगाउने र जति सक्दो चाँडो नियन्त्रण लिनका लागि बाजुरा प्रहरी लागेको हुम्ला प्रहरीको भनाई छ  ।

यसरी सो अभद्र ब्यबहार मुद्धाका आरोपीहरुमा बाजुरा जिल्ला बिमाली गाउँपालिका— ५ का वर्ष ४५ का नर गुरुङ , सोही वडाको वर्षे ३५ विनोद बुढा, वर्ष ३५ को दलबहादुर मल्ल, वर्ष ४५ को चीनबहादुर मल्ल र वर्ष ४५ को नर गुरुङ रहेका छन् ।

उनीहरुले गत जेठ ७ गते बाजुराको धुलाचौर बन्द भई रहेको बेला स्थानीय प्रशासनको प्रयासपछि बन्द खुलाउने कार्य भएपछि धुलाचौरमा रोकिएका गाडी सञ्चालनमा आउदा दुई जिल्लाको सिमाना कवाडीमा वाजुरका ती आरोपी ब्यक्त्बिाट हुम्ला आउने यात्रुहरुलाई कुटपिट तथा लखेट्ने र अपशब्द बोल्ने कार्य गरेको बन्दै घटनाबाट पिडित तीन जनाले प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको थियो । उक्त मुद्धामा बीस हजार रुपियाँसम्म जरिवार एक महिलादेखि डेढ महिना जेल सजाय हुने सक्ने कानूनी ब्यवस्था रहेको छ ।

त्यसैगरि काठ कटानी र डाँफे मारेको आरोप लगाउदै बाजुरा कै अर्को दुई जनालाई पनि डिभिजन बन कार्यालय हुम्लामा मुद्धा दर्ता भएको र ती दुई जनाका बिरुद्ध पनि पक्राउ पुर्जी जारी भई सकेको छ ।