सि.टा. समाचारदाता
सोमबार र मंगलबार नेपालको मौसम घमाइलो देखिए पनि बुधबारबाट पुनः वर्षा हुने सम्भावना रहेको छ। आज अपराह्नपछि पहाडी भेगमा बादल लाग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान बिभागले जनाएको हो
मंगलबार पूर्वी नेपालमा कोशी प्रदेशमा अपराह्नपख हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै बागमती र गण्डकीमा पनि बादल लाग्ने तर वर्षाको सम्भावना थोरै रहेको छ।
बुधबारदेखि यो हप्ताभरि गण्डकीदेखि कोशीसम्मै अपराह्नपख वर्षाको सम्भावना रहेको छ। पश्चिम नेपालमा भने वर्षाको सम्भावना छैन।
























