सि.टा. समाचारदाता
सिमकोट । मासिक महिना चार हजार ४१ जना सेवाग्राहीलाई पौष्टिक आहार बितरण गर्ने गरिएको पाईएको छ । आमा, शिशु र गर्भवती महिलाको पोषणमा सुधार ल्याउन यो पौष्टिक आहार सहयोग गरिएको हो ।
कार्यक्रमले एक वर्षमा ४७ दशमलव ४९९ मेट्रिक टन लिटो प्रदान गर्दै आए अनुसार यसवर्ष पनि सो परिमाणमा प्रदान गरेको हो । जिल्लाका सात वटै गाउँपालिकामा लागु भएको आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रमबाट ती लक्षित वर्गलाई पौष्टिक आहार प्रदान गर्दै आएको सप्रोस नेपालका जिल्ला संयोजक उमेश बहादुर साउदले बताए । यसरी लक्षित वर्गलाई पौष्टिक आहार सहयोग गरेपछि पुपोषमा कमी आएको उनले बताए । सुत्केरी, गर्भवती र छ देखि २३ महिनासम्मका बालबालिकाहरुलाई मासिक तीन केजी पोष्टिक आहार सहयोग गरिदै आएको छ । हुम्ला जिल्लाका सात वटै गाउँपालिकासंगको समन्वयमा स्वास्थ्य संस्थाहरुबाट यी सामाग्री मासिक रुपमा बितरण गर्ने गरिएको छ । प्रति महिना चार हजार ४१ जना सेवाग्राहीलाई पौष्टिक आहार प्रदान गर्ने लक्ष रहे अनुसार बाह्र हजार १२३ केजी पौष्टिक आहार मासिक बितरण गर्ने गरिएको छ । कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय र बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा सप्रोस नेपालको प्राविधिक सहयोगमा सुनौलो हजार दिनकी आमा, गर्भवती र नवजात शिशुलाई पोषण तत्वयुक्त खाने कुरा उपलब्ध हुँदै आएको छ । सन २०१६ बाट यो कार्यक्रम जिल्लामा लागु हुँदै आएको छ ।
























