बृहत र बहुवर्षीय खानेपानी योजना माग

गाउँपालिकाको तर्फबाट खोनपानी योजनाको माग मन्त्री बोहरालाई पेश गर्दै अध्यक्ष । तस्बिर ः राजन रावत, हुम्ला

सि.टा समाचारदाता

सिमकोट । सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले कर्णाली प्रदेश सरकारका जलश्रोत तथा उर्जा मन्त्री बिजय बुढासंग बृहत खानेपानी योजनाका लागि लिखित माग पेश गरेका छन् । गाउँपालिका केन्द्र सर्केगार्डमा वर्षौदेखि खानेपानीको समस्या रहेको कारण दिर्घकालीन समस्या समाधानका लागि वहुवर्षीय योजनामा रहने गरि खानेपानी योजना माग गरिएको हो ।
मन्त्री बुढा सर्केगार्ड गाउँपालिकामा आएको समयमा अध्यक्ष रोकायाले वर्षेनी रुपमा समस्याका रुपमा सकेको गाउँपालिका केन्द्र सर्केगार्डको खानेपानी समस्या सदाका लागि समाधान गर्नका लागि प्रदेश सरकारको बृहत र बहुवर्षीय योजनामा समावेश गर्नका माग पत्र पेश गरिएको बताए । कर्णाली नदीको किनारमा र गोठी खोला नपजक भएपनि सर्केगार्डमा खानेपानीको समस्या जहिल्यै हुने गरेको छ । गाउँपालिकाको बजेटबाट बृहत योजना निर्माण गर्न नसकिन े भएपनि चारदेखि पाँच् करोडको बजेटको ब्यवस्था हुन सके स्वच्५ खोपानी सर्केगार्डका जनतालाई उपलब्ध गराउन सकिने भएपछि यो माग पत्र मन्त्री बुढा समक्ष राखेको उनले बताए । माग पत्र बुझ्दै मन्त्री बुढाले आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्दासम्म यो सरकार टिकि रहे सर्केगार्डको खानेपानी समस्या समाधानका लागि बजेटको ब्यवस्था गर्ने प्रतिबद्धता समेत जनाईन ।