सि.टा समचारदाता
आगामी मंसीर १६ गते हुन लागेको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि नेपाली काँग्रेस हुम्लाले सबिता बुढालाई उम्मेदवार बनाउने भएको छ । क नम्बर प्रदेश कार्य समितिको बैठकले पनि एकल नाम सिफारिस गरेको र सोही नामलाई काँग्रेसको जिल्ला संसदीय समितिले उम्मेदवार छनौट गर्ने निर्णय गरेको हो ।
शनिबार बसेको काँग्रेस हुम्लाको जिल्ला संसदीय समितिको बैठकले सर्केगार्ड गाउँपालिका– ८ की सबिता बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेस उपसभापति बसन्त रोकायाले बताएसमितिमा बुढाको नाम सर्वसम्मत रुपमा छनौट गरिएको उनले बताए । उपाध्यक्ष पदमा बढुा छनौट भएको जानकारी अब नेपाली काँगेस कर्णाली प्रदेश कार्य समितिलाई गराईने उनले बताए । बुढा नेपाली काँग्रेस प्रदेश अधिबेशन प्रतिनिधि हुन भने २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फको प्रदेश सभा सदस्यमा जिल्लाबाट सिफारिस भएकी थिईन । उम्मेदवरा छनौट गर्नेमा नेपाली काँग्रेस पहिलो भएको छ । हालसम्म नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको नाम छनौट गर्न सकेका छैनन् । कातिक २२ र २३ गते ती दुवै दलहरुको बैठक सर्केगार्डमा बसेको थियो । मंसीर २ गते सो पदका लागि मनोनय दर्ताको कार्यक्रम रहेको छ । गत भदौमा उक्त गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सडक दुर्घटनमा परि मृत्यु भएको थियो । रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
























