सि.टा. समाचारदाता
सिमकोट । कालिकोट जिल्लाको पलाता गाउँपालिका– ३ को राडुकाप्रे खोलामा भएको बोलेरो जीप दुर्घटनमा परि छ जनाको घटनास्थल मै मृत्यु भएको छ । आईतबार साँढे दुई बजे जीप दुर्घटना भएको हो ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बोलेरो जीप दुर्घटनमा पनि छ जनाको घटनास्थल मै मृत्यु भएको र तेह्र जना घाईते भएको बताए । मृतकको पहिचान भने नखुलेको र प्रहरी त्यसको खोजीमा रहेको उनले बताए । घाईते तेह्र जना मध्य आठ जनाको घटनास्थलबाट नेपाली सेनाको हेलिकोप्टर उद्धार गरेको र बाँकी पाँच जना घाईतेको उद्धार गर्न हेलिकोप्टर आउने उनले बताए । जीप पलाँता गाउँपालिका– ३ बाट वडा नम्बर ९ तर्फ जाने क्रममा दुर्घटनमा परेको हो । जीप सडकबाट पाँच सय मिटर तल खसेको थियो ।
















